OnlinePana

आज : २०८२ पौष ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष ८, २०८२जुम्ला
५२ पटक

रमिला महत/जुम्ला,

पुस ८ गते । महिला जागरणडटकमको पाचौ बार्षिक उत्सक विभिन्न कार्यक्रम गरि मनाईएको छ । स्थापना दिवसको अवसर पारेर जुम्लामा विभिन्न कार्यक्रम गरि उत्सव मनाईएको हो ।

दिवसको अवसरमा आधुनिक महिला जागरण प्रा.लीले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । स्थापना दिवसको अवसरमा आधुनिक महिला जागरण प्रा.लीले समाचारबाट उठान गरेका र प्रकाशन गरेका केही समाचारहरुको वारेमा अध्यक्ष दिलमाया शाहीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । शाहीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा पाँच बर्षमा लेखिएका समाचारको चर्चा गर्नुभयो । उहाँले पाँच बर्षमा ५२३९ समाचार प्रकाशन गरिएको जानकारी दिनुभयो । प्रगति प्रतिवेदनमा बालविवाह, वहुविवाह सहित जघन्य अपराधका सवाल, विभिन्न आवाज विहिनका कुरामा जोड दिदै आएको छ ।

बार्षिक उत्सबको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आचार्यका अनुसार महिला जागरणले उठान गरेका सवाल स्रहानिय भएका बताउनुभयो । उहाँले पत्रकार दिलमाया शाहीले उठान गरेको कुरा अन्तिम सम्ममा लागि रहने र कार्यान्वयन हुने बताउदै शुभकामना दिनुभयो ।

गुठिचाौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले जीवनमा बाच्ने गरेर थालेको पत्रकारिताको काम दिलमाया शाही र महिला जागरण रहेकोमा जोड दिनुभयो । उहाँले यस्तो कार्य निरन्तताका लागि शुभकामना दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका प्रमुख कल्पना आचार्य नेपालले महिला जागरण डटकमलाई शुभकामना दिदै समाजका महत्वपूर्ण मुद्दा उठाउने बिषयमा निरन्तरता दिन शुभकामना दिनुभयो । उहाँले पिडितलाई न्याय दिने प्रकारका समाचारका लागि शुभकामना दिनुभयो ।

जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाशचन्द्र खत्रीले निमुखा नागरिकका लागि पत्रकार दिलमाया शाहीको कलम निरन्तर अगाडि बढिरहेको जानकारी दिनुभयो । उहाँले राजनैतिक देखी हरेक पहुँचको आधारमा थिचिएका व्यक्तिको पक्षमा दिमा आमाघरले प्रथामिकता दिदै आएको छ ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका निवर्तमान अध्यक्ष नेत्रबहादुर शाही निमुखा नागरिकको आबाजको रुपमा महिला जागरण डटकम स्थापित भएकोमा वधाई दिदै निरन्तरताको शुभकामना दिनुभयो । शुभकामना दिने अधिकाशं व्यक्तिले महिला जागरणडटकमले जुम्लामा खोजमुलक पत्रकारिताको पाठ सिकाएको भन्दै सफलताको शुभकामना दिएका छन् । आधुनिक महिला जागरण डटकम २०७७ सालमा कम्पन्ी रजिष्ट्रार, करदाता सेवा कार्यालय हुदै सूचना प्रशारण विभागमा दर्ता र प्रेस काउन्सिलमा सूचिकरण भईसकेको छ ।

प्रतिकृया दिनुहोस्