OnlinePana

आज : २०८२ पौष ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष ६, २०८२
४२ पटक

दरबन्दी कायम नहुदा काठमाडौंबाटै जहाँजमा आउछन, फर्किन्छन

जुम्ला/पुस ६ गते ।

नेपाल एयरलाईन्सले कर्णालीमा चल्ने जहाँजको तेल भर्ने प्राविधिक कर्मचारी सुर्खेतमा दरवन्दी कायम नगर्दा जहाँजमा घुमेर काम गर्न बाध्य भएका छन् । स्रोतका अनुसार काठमाण्डौबाट २ जना कर्मचारी –एक जना ईन्जिनियर र एकजना प्राविधिक) सधै जहाँजमा काठमाडौंबाट आउने जाने भएकाले सेवाग्राहीलाई सिट कम बाडिदै आउने काम भएको छ । सुर्खेत र नेपालगञ्जमा दरबन्दी कायम नहुदा ति कर्मचारी दिनभर जहाँजमै घुमिरहने वाध्यता छ । जहाँजबाटै सुर्खेत नेपालगञ्ज र अन्य जिल्लामा काम गरेर काठमाण्डौ फर्किनुपर्ने भईरहेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण जुम्लाका प्रमुख प्रदिप अर्यालका अनुसार ति कर्मचारीको दरबन्दी नहुदा जहाँजबाटै आउने र नेपालगञ्ज, काठमाण्डौ फर्किने गरेका छन् ।

नेपाल एयरलाईन्स नेपालगञ्ज प्रमुख यमराज सिंहका अनुसार सुर्खेतमा फूयूलिङ गर्ने क्रममा एक जना प्राविधिक कर्मचारी सुर्खेत हुनुपर्दछ र अर्को ईन्जिनियर कर्मचारी नेपालगञ्जबाट जहाँज उड्नुपूर्व परीक्षण गर्नका लागि आवश्यक छ । उहाँका अनुसार यो दरबन्दी यतै कायम गर्न माग समेत गरिएको बताउनुभयो । यता दरवन्दी कायम नगर्दा एकातिर अन्य नागरिकले चढ्ने सिट रिजब हुदा बाधा भईरहेको छ । अर्कोतिर भाडामा ति कर्मचारीको अनावश्यक रकम खर्च भईरहेको छ । नेपाल एअरलाईन्स जुम्लाका प्रमुख उमाकान्त अधिकारीका अनुसार जुम्लाबाट सुर्खेत नेपालगञ्जका लागि १९ सिटमा अहिले १६,१७ सिट नागरिकले पाउने गरेका बताउनुभयो । उहाँका अनुसार एक जना एयरलाईन्सकै कर्मचारी सुर्खेत तेलका लागि आउने गरेका र अन्य तेल बढि, कम के हुन्छ सोही अनुसार यात्रु राख्न मिल्ने भएको छ ।

जहाँज अहिले काठमाण्डौबाट रुकुम हुदै नेपालगञ्ज आएर अन्य जिल्लामा सेवा दिने गरेको छ । काठमाण्डौबाट आउदा एक जना ईन्जिनियर र एक जना सुर्खेतमा फ्यूलिङ भर्ने कर्मचारी आउछन् । एक जना नेपालगञ्ज बस्छन । अर्को प्राविधिक कर्मचारी जहाँजमै नेपालगञ्ज– जुम्ला हुदै सुर्खेत तेल भरेर फेरी जुम्ला हुदै नेपालगञ्ज हुदै जहाँजमा फर्किन्छन । कर्णालीभरी यो प्रक्रिया निरन्तर भईरहेको छ । यता नेपाल एयरलाईन्सका सहप्रवक्ता कल्पना काफ्लेले यो बिषय बृस्तृत बुझेर जानकारी दिने बताउनुभयो ।

जहाँज काठमाण्डाैं बास बस्दा समस्या :
यसैगरी कर्णाली क्षेत्रका जिल्लामा सञ्चलन हुने नेपाल एयरलाईन्सको टुईनेटर जहाँज काठमाडौं बास बसेर आउदा कर्णालीका यात्रुलाई समस्या भएको छ । कर्णाली र सुदुरपश्चिममा सञ्चालन हुने नेपाल एयरलाईन्सको जहाँज काठमाडौंबाट समयमा नआउदा उडान रद्द हुने समस्या बढ्दै गएको हो । नेपालगञ्ज र सुर्खेतबाट जुम्ला, हुम्ला, मुगु जस्ता जिल्लामा जान सजिलो हुने गरेको छ । तर जहाँज आईतबार काठमाडौंबाटै आउन ढिला हुने भएकाले यात्रुहरु अलपत्र पर्ने गरेका छन् ।

काठमाडौंमा बास बसेको नेपाल एयरलाईन्सको जहाँज विहिवार र आईतबार मौसमी प्रतिकुलता भन्दै रद्द गरिएको छ । तर यहाँका सेवाग्राही दिउसो एक दुई बजे जहाँज रद्द गर्नु ठिकै हो तर विहानै १० नबज्दै जहाँज मौसमी कारण देखाउदै रद्द गर्नु र काठमाडौंबाट नेपालगञ्ज आउनुपर्ने वाध्यता हुनु समस्या भएको बताउछन् । नेपाल एयरलाईन्सको जहाँज आईतबार काठमाडौंबाट अहिले रुकुम हुदै नेपालगञ्ज आउने गर्दछ । यो हप्ता त काठमाण्डौंबाट आउन नसकेका कारण कर्णालीका जिल्लाहरुमा उडान रद्द गरिएको छ । यस कारण नेपालगञ्जमा समयमै आएर बास बस्न आवश्यक रहेको सेवाग्राही बताउछन् । आईतबार कामले जुम्लाबाट सुर्खेत नेपाल एयरलाईन्समा टिकट काटेका राष्ट्रिय मानव अधिकार आयोगका नायब सुब्बा राजकुमार विश्वकर्माले काठमाडौंमा जहाँज बसेका कारण रद्द भई दुःख पाएको बताउनुभयो । उहाँले नेपालगञ्ज समयमा आएर जहाँज बसेको भए २,३ बजे पनि उडान हुनसक्थ्यो । तर पश्चिममा सञ्चान हुने जहाँज काठमाडौंबाट आएर सेवा दिनु यो राम्रो नभएको उहाँले गुनासो गर्नुभयो । कर्णालीमा सेवा गर्ने जहाँजले काठमाडौंबाट आएर सेवा सम्भब नभएको भन्दै चाडै सच्याउनु पर्ने एक अर्का कर्मचारी बताउछन् ।

नेपाल एयरलाईन्स नेपालगञ्जका प्रमुख सिंहका अनुसार आईतबार पनि मौसमी प्रतिकुलताका लागि जहाँज काठमाडौंबाट नआएको बताउनुभयो । तर नेपालगञ्ज बास बस्ने भन्ने बिषय नितिगत तहको भएकाले आफ्नो मातहात भन्दा माथीको निकायको कुरा भएको बताउनुभयो । उहाँले नेपालगञ्ज जहाँज नबस्ने भएकाले टिकट काट्न पनि सुनिश्चित नभएको समस्या भएको बताउनुभयो । नेपाल एयरलाईन्स जुम्ला प्रमुख उमाकान्त अधिकारीका अनुसार टिकट काटिसकेका यात्रुलाई सम्झाउदै हैरान हुने गरेको बताउनु हुन्छ ।

क्याप्सन : नेपाल एयरलाईन्स जुम्ला फाईल तस्बिर नेत्र शाही

 

प्रतिकृया दिनुहोस्