OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १७, २०७७सुर्खेत,
७९० पटक

१७ जेठ २०७७, शनिबार

दुल्लु नगरपालिका ७ दैलेख पटाङ्गिनी बजारस्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टिनमा मृत्यु भएका युवाको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रमुख नवराज कँडेलद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति अनुसार आज दैलेखको क्वारिन्टनमा मृत्यु भएका युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको पुष्टि गरिएको छ । प्रमुख कँडेलका अनुसार मृतक युवाको मृत्युपश्चात् परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाईएको उनको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । कोरोनाबाट कर्णालीमा पहिलो पटक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुल्लु नगरपालिका–११ खागितडा दैलेख निवासी ३५ वर्षीय युवा हुन् । उनको आज बिहान चिया खाईसकेपछि अकस्मात् मृत्यु भएको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिनुभयो । उनीसँगै अब नेपालमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को सक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ । दश दिन अघिमात्रै ७९ जना साथीहरुसहित उनी भारतको गुजरातबाट गाउँ फर्किएका थिए । मृतकको दाहसंस्कारका लागि जिल्ला प्रशासनसँग समन्वय भइरहेको नगरप्रमुख भण्डारीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्