OnlinePana

आज : २०८२ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन ५, २०८२काठमाडाैं ।
२२० पटक

 

काठमाडौँ ।

असाेज ५ गते । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त हुनु भएकाे छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको हो ।

जुम्ला चनदननाथ नगरपालिका ५ घर भएका कार्कीलाई विभागको मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गर्ने निर्णय गरिएको हाे । गुप्तचर प्रमुखको ३ वर्षे पदावधि पुरा गरेर हुतराज थापा भदौ २८ देखि अनिवार्य अवकाशमा गएपछि प्रमुखको पद रिक्त थियो ।

नवनियुक्त प्रमुख कार्की २०५३ मा अनुसन्धान अधिकृतहुदै जुम्लामा डिएसपि हुनु भएकाे थियाे ।अनुसन्धान प्रमुखकाे अर्का प्रतिस्पर्धी अनुसन्धान आईजि ओम प्रकाश जोशी हुनुहुन्थयाे ।

जेनजी प्रदर्शनको कारण सत्ता परिवर्तन भएसँगै प्रधानमन्त्री शुसीला कार्की नेतृत्वकाे मन्त्रिपरिषद्ले कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गर्ने निर्णय गरेकाे हाे ।

कार्की पनि यसअघिका प्रमुख  हुतराज थापाकै ब्याचमेट हुन् । मुलुकभर राष्ट्रिय अनुसन्धान विभागको संरचना छ । सिंहदरबार परिसरमा विभागको मुख्यालय छ । विभागका २ हजार २६५ जना कर्मचारी र एजेन्टहरूलाई सूचना सङ्कलन गर्ने जिम्मेवारी दिइएको हुन्छ ।

जुम्लाबाट कर्मचारीतन्त्रमा सर्वच्व पदमा पुग्ने व्यक्ति कार्की साे पदमा जादा जुम्लाबासी खुशी भएका छन् ।

 

प्रतिकृया दिनुहोस्