OnlinePana

आज : २०८२ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र २३, २०८२
६२ पटक

नेत्र शाही,जुम्ला ।

भदौ २३ गते । जुम्लामा रहेको संघीय खानेपानी कार्यालय खारेज गरेपछि गरिएको दबाबका कारण सरकारले फिल्ड कार्यालय स्थापना गर्ने निर्णय पछि स्थायी कार्यालयको माग गरिएको छ ।

सोमबार चन्दननाथ नगरपालिकामा बसेको जिल्ला स्तरीय राजनैतिकदलहरु र जनप्रतिनिधिहरुको वैठकले सरकारलाई स्थायी कार्यालय माग गर्न निर्णय गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा बसेको वैठकमा जुम्ला जिल्लाबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले साविकको कर्णालीका ४ जिल्लामा सेवा पुर्याउदै आएकोमा उक्त कार्यालयले जुम्ला जिल्लाको गरिमामय योजना धौलिगाड बृहत खानेपानी आयोजना समेत प्रभाव पार्ने देखिन आएकाले हाल नेपाल सरकारबाट फिल्ड कार्यालयका नाममा जिम्मेवार विहिन अवस्थाको कार्यालय स्थापना गरि जुम्ली जनताका आखामा छारो हाल्ने काम गरेकाले स्थायी कार्यालय तत्काल स्थापनाका लागि नेपाल सरकारलाई पुन माग गर्ने निर्णय गरेको छ ।

उक्त वैठकको निर्णयले कार्यालयमा २०८२ असार २९ गते लगाईएको ताला सरकारले स्थायी कार्यालयको निर्णय नगर्दा सम्म नखुल्ने निर्णय गरेको छ । सरकारले देशका १५ वटा जिल्लामा खानेपानी कार्यालय स्थायी गर्दा जुम्ला कार्यालयलाई खारेज गरेको बिषयमा गत असार २९ गते बैठक बसि खारेज भएको कार्यालय फिर्ताको पुर्न निर्णय गर्न अनुरोध गर्दै राजनैतिकदल, जनप्रतिनिधिले ताला लगाउनुका साथै सरकारलाई जिल्ला प्रशासन कार्यालयबाट ज्ञापनपत्र बुझाईएको थियो । खानेपानी कार्यालयको बिषयमा संघीय सांसदहरुले ध्यानाककर्षण समेत गराएका थिए ।

सरकारले चौतर्फी दवाव र ध्यानकर्षण पछि खारेज भएको कार्यालय फिल्ड कार्यालयको रुपमा रहने निर्णय गरेको छ । यसैगरी फिल्ड कार्यालयमा एक जना ईन्जिनियर सहित केही कर्मचारी खटाएपनि लेखा प्रणाली नभएकाले आर्थिक प्रशासन सवै सुर्खेत कार्यालयबाट सञ्चालन हुने भएपछि जुम्लाका राजनैतिकदल र जनप्रतिनिधि आक्रोसित भएका छन् ।

क्याप्सन : चन्दननाथ नगरपालिकामा संघीय खानेपानी बिषयमा बसेको वैठक तस्बिर नेत्र शाही, जुम्ला ।

 

 

प्रतिकृया दिनुहोस्