OnlinePana

आज : २०८३ आषाढ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
उमेश परियार,साउन ११, २०८२जुम्ला,
४७६ पटक

जुम्ला,साउन १० गते । जुम्लाको पर्यटकीय केन्द्र गुठिचौरमा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपालले प्लाष्टिकको अस्थायी शौचालय बनाएको छ ।

बर्खाको सिजन लागेपछि बाह्रय पर्यटकका लागि ३ वटा अस्थायी शौचालय निर्माण गरिएको वाईसियल जिल्ला अध्यक्ष खगेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्लाष्टिकको ३ वटा शौचालय र पुलमा मर्मत गरिएको छ ।

गुठिचौरमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गाेमा गाैतम, जिल्ला संयोजक नवराज न्यौपाने, वाईसियल नेपालका केन्द्रीय सचिव संगिता आचार्य, केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज हरिकृष्ण रावत, जिल्ला अध्यक्ष खगेन्द्र कार्की सहितको वाईसियलको टोली गुठिचौर पुगेर सो काम भएको वाईसियल नेपालका केन्द्रीय सचिव आचार्यले जनाउनु भयो ।

गुठिचौर जुम्लाकै पर्यटकीय केन्द्र भएकाले दैनिक आन्तरिक तथा बाह्रय पर्यटक त्यहाँ पुग्ने गरेका छन् । त्यहाँ शौचालय नहुदा समस्या भईरहेको थियो ।

प्रतिकृया दिनुहोस्