

जुम्ला,असार १५ गते । बर्षा लाग्दै गर्दा परि आउन सक्ने बिपतलाई मध् नजर गरेर नेकपा माओवादी केन्द्रले आफ्ना समितिलाई विपत तथा उद्दारमा लगाउने निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्र जुम्लाको जिल्ला समितिको वैठकले जिल्ला स्तरमा अध्यक्ष नवराज न्यौपाने सहितको समिति, गाउँपालिका स्तरमा पालिका स्तरमा अध्यक्ष सहितको वडा समिति, र वडा पालिकामा वडाअध्यक्ष सहितको समितिले विपत आईलागेमा उद्दारमा लाग्ने निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्रका जिल्ला सचिव नविन शर्माका अनुसार पार्टीले असार २५ गते सम्म गाउँपालिका स्तरमा हेल्प डेक्स राखेर गाउँपालिकामा शुसासनका विषयमा अवलोकन गर्ने निर्णय गर्ने भएको छ । यसैगरी पार्टीको वैठकले तातोपानी गाउँपालिका ४ निवासी सहिद पशुपति डाँगी (पौरखी ) का वुवा चक्र डाँगीको २०८२ साल असार ६ गते निधन भएकाले शोक प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य गोमा गौतम कुँवरको प्रमुख आथित्यतामा बसेको बैठकमा गाउँपालिका स्तरका अध्यक्ष, ईन्चार्ज तथा जनबर्गिय संगठनका प्रमुखले भएका कामको प्रतिवेदन प्रस्तुत गरेका छ्न । वैठकमा पार्टी मजवुद्ध तथा २०८४ को निर्वाचनमा कसरी निर्वाचित गराउने भन्ने विषयमा जिल्ला, प्रदेश र केन्द्रीय तहका नेताहरुबाट सूझाव दिईएको छ ।
वैठकमा माओवादी केन्द्रका पूव ईन्चार्ज गजेन्द्रबहादुर महत कार्मा पार्टीमा सक्रिय हुने बिषयको आन्तरिक छलफल समेत भएको छ । यसैगरी .तिला गाउँपालिकाको अधिवेशन छिटो नेतृत्व चयन गर्न प्रथामिकता दिनुपर्ने समेत सुझाब समेत आएका थिए ।