OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १४, २०७७जुम्ला,
६५७ पटक

जुम्ला जेठ १४ गते ।
भारतबाट आउने मानिसहरूकाे क्रम अत्याधिक बढेको छ । भारतबाट आएका हिमा गाउँपालिका सहितका व्यक्तिहरु मध्यमा ४५ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पिसिआर परीक्षण गरि रिपोट नेगेटिभ आएकाले घर फर्किएका छन् । यसैगरी नयाँ आएका सहित १८४ जना हाल क्वारेन्टाईनमा छन् । कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाईनमा १५६ जना र दुर्गा माध्यामिक विद्यालय लाम्राको विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा २८ जना बसालिएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । उहाँका अनुसार अव भने भित्रिएपछि के गर्ने भन्ने चिन्ता भईरहेको छ ।
भोलीनै एक सय बढि आउने भन्ने छ । त्यसैले चाडै स्थानीय तह र सरोकारवाला निकाय फेरी आकस्मिक वैठक बसेर थप व्यवस्थापन गर्न आवश्यक देखिएको छ ।
अहिले आउनेमा क्षेत्र नं (ख) का नागरिकहरु क्वारेन्टाईनमा बढि छन् । अव आउने व्यक्तिका लागि कहाँ राख्ने भन्ने चिन्ता भईरहेको छ । अव सदरमसकाम वा नजिकै चाडै क्वारेन्टाईनकाे व्यवस्थापन बढाउनु पर्नेछ । यदि अव बाहिरबाट अाउने मानिसहरूकाे व्यवस्थापन नभई घर जानुपर्ने वाध्यता भयाे भने हाल सम्म गरेको सवै उपलब्धी पनि फेरी गुम्ने डर हुन सक्छ ।

प्रतिकृया दिनुहोस्