OnlinePana

आज : २०८२ जेठ ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी,जेठ ३०, २०८२जुम्ला,
२९७ पटक

जुम्ला,जेठ २९ गते । विकास निर्माणका काम सहित विविध सवालका बिषयमा नेकपा (माओवादी केन्द्र)ले ध्यानाकर्षण गराएको छ । नेकपा माओवादी केन्द्र चन्दननाथ नगरपालिकाले चन्दननाथ नगरपालिकामा भईरहेका विकास निर्माण र विभिन्न सवालमा ध्यानाकर्षण गराएको हो ।
नेकपा माओवादी केन्द्र चन्दननाथ नगरपालिकाका अध्यक्ष सुरेन्द्र महत, उपाध्यक्ष नन्दु सार्की, सचिव कृष्ण सुनार सहित नेतृत्वको टोलीले चन्दनाथ नगरपालिकालाई जारी गरिउको विज्ञेप्ति लिएरु नगरप्रमुख राजुसिंह कठायतलाई वुझाएर ध्यानाकर्षण गरिएको छ । पत्रमा भनिएको छ, चन्दननाथ नगरपालिकामा शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, कृषि, विपद् व्यवस्थापन, वातावरण तथा फोहरमैला व्यवस्थापन र नीतिगत सुशासन लगायतका मूलभूत क्षेत्रहरुमा देखिएको गम्भीर बेथिति, प्रशासनिक लापरवाही, विकासको नाममा भएको खर्चको अपारदर्शिता तथा जनजीवनसँग प्रत्यक्ष सम्बन्धित सेवाहरुको दयनीय अवस्थाप्रति हामी नेकपा (माओवादी केन्द्र), चन्दननाथ नगर समिति गम्भीर ध्यानाकर्षण गराउँदछौं।

विज्ञेप्तिमा भनिएको छ, नगरपालिकाको जनप्रतिनिधि प्रणाली, जनउत्तरदायित्व, सेवा प्रवाहको प्रभावकारिता र सामाजिक न्यायको आदर्शलाई पछिल्लो समय बेवास्ता गरिँदै आएको आरोप छ । विज्ञेप्तिमा हाम्रो पार्टी निरन्तर जनताको पक्षमा रहेर नीतिगत र व्यवहारिक परिवर्तनका लागि संघर्षरत छ । यस सन्दर्भमा, नगरपालिकालाई सचेत गराउँदै माओवादी केन्द्रले शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, रोजगारी,. पूर्वाधार विकास लगायतका विभिन्न सवालमा सुझाव दिएको हो ।

माओवादी केन्द्रले आगामी निति कार्यक्रमका सवालमा पनि सूझाव दिएको छ । विज्ञेप्तिमा सवै वडामा समानुपाति बजेट विनियोजन गर्न समेत माग गरिएको अध्यक्ष महतले बताउनुभयो । नगरप्रमुख राजुसिंह कठायतले उपयूक्त सूझावलाई सिमेटने तथा विगतका कमजोरीलाई सच्याउने प्रतिवद्धता जनाउनु भएको छ ।

यता सघन शहरी तथा भवन निर्माण आयोजनामा समेत माओवादी केन्द्र नगरपाटीले ध्यानाकर्षण पत्रमा वुझाएको छ । सघनशहरीमा विगत केही वर्षदेखि चन्दननाथ नगरपालिका भित्र संचालित अधिकांश विकास निर्माणका ठेक्का पट्टाका कार्यहरु समयमै सम्पन्न हुन नसकेको, निर्माण गुणस्तरमा लापरवाही देखिएको र अधिकांश योजना अस्तव्यस्त अवस्थामा रहेको उल्लेख छ । अध्यक्ष सुरेन्द्र महतद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा लामो समयदेखि उक्त कार्यालयले नियमन र अनुगमनमा गम्भीर कमजोरी देखाएको, ठेकदार कम्पनीहरुप्रति कडाइ नगरेको र योजनाहरुको समयमै निरीक्षण नगर्दा स्थानीय जनतालाई ठुलो असुविधा हुँदै आएको छ । माओवादी केन्द्र नगरपालिकाले योजनाहरु समयमै सम्पन्न हुन नसक्नु, सार्वजनिक सम्पत्तिको दोहन भएको बताएको छ । गुणस्तरहीन निर्माण कार्य हुनुले सरकारको सेवा प्रवाहमा गम्भीर प्रश्न उठाएको छ ।

यता सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाका सूचना अधिकारी चन्द्रबहादुर खड्काले काममा गुणस्तरता नभएको भन्ने सूझाव राम्रो नभएको तर अन्य ध्यानाकर्षण गरिएका सूझावका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

 

 

प्रतिकृया दिनुहोस्