OnlinePana

आज : २०८२ जेठ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीजेठ २६, २०८२जुम्ला
१८८ पटक

कोरपाटी/जुम्ला,
जेठ २५ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका कर्मचारीले जादै गर्दा रजिष्ट्रारले आफ्ना मान्छे राख्न विज्ञापन गरेको भन्दै आन्दोलित भएका छन् ।

कर्मचारीले पत्रकार भेटघाट गरेर प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र  महतकाे अवधि निकै कम दिन भएपनि निरन्तर विज्ञापन खोलेर आसेपासेको जागिर दिन खोजेको आराेप लगाउँदै आन्दोलित भएको बताएका छन् । कर्मचारीले पत्रकार भेटघाटमार्फत पछिल्लाे समय जेठ २३ गते पनि एकलौटी, प्रतिष्ठानको प्रणालीबाट बाहिर गएर पछिल्लो विज्ञापन खोलेकाले ध्यानाकर्षण सहित विरोध जनाएका हुन् ।

प्रतिष्ठानका बरिष्ठ प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले पत्रकार भेटघाटमा प्रस्तुत गर्नुभएको ध्यानाकर्षण पत्रमा मिति २०८२ जेठ २३ गते प्रतिष्ठानको वेवसाईटमा प्रकाशित भएको विज्ञापनमा हामी सम्पूर्ण कर्मचारीको ध्यानाकर्षण उल्लेख गर्नुभएकाे छ । कर्मचारीले सो विज्ञापन गरेपछि निमित्त उपकुलपति डा. डवलबहादुर धामी र रजिष्ट्रार नृपेन्द्र महत केन्द्रीत ध्यानाकर्षण पत्र पठाएको बताउदै प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा सहकुलपति तथा स्वास्थ्य मन्त्रीलाई समेत बाेधार्थ दिइएको छ ।

कर्मचारीका अनुसार प्रतिष्ठानको विज्ञापन कार्यकारी परिषदबाट स्वीकृत गराई विज्ञापन गर्नुपर्नेमा रजिष्ट्रारको एकल निर्णयले विज्ञापन गरेको तथा प्रकाशित विज्ञापन प्रतिष्ठानको स्वीकृत दरबन्दी किताबमा नभएको पदहरु समेत राखी विज्ञापन गर्नुमा रजिष्ट्रारको कुनियत प्रष्ट देखिन्छ । कर्मचारीले प्रतिष्ठानको आर्थिक कार्यभारको ख्याल नगरी दरबन्दी किताबमा नभएका पदहरुको विज्ञापन गरिनु संस्थाको हितमा नहुने जनाउँदै उक्त विज्ञापन रद्द गरिदिन भनि वैशाख २३ गते नै उपकुलपति डाक्टर धामीलाई ध्यानाकर्षण गरिएको छ । कर्मचारीले नसच्याए आन्दोलन कडा गर्ने समेत चेतावनी दिएका छन् ।उनीहरूले नसच्याए कानुनी बाटाे राेज्ने समेत जनाइएकाे  छ । २६ गते ईमरजन्सी वाहेकका सेवा बन्द गर्ने :
विज्ञापन रद्द गरिदिन भन्दै कर्मचारी संगठनले पनि विरोध जनाएका छन् । पत्रकार भेटघाटमा कर्मचारी कल्याण समिति अध्यक्ष रामाकान्त उपाध्याय र कर्मचारी यूनियन कर्णाली प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हरिशचन्द्र रावतको दस्खतमा प्रकाशित प्रेस बिज्ञेप्तिमा २३ गतेनै ध्यानाकर्षण गरेपनि कुनै पनि प्रतिक्रिया नआएको हुदा २६ गतेदेखी प्रतिष्ठानको ईमरजन्सी सेवा वाहेक शैक्षिक तथा प्रशासनिक कार्यक्रमहरु बन्द गरिने भएको छ ।
जेठ २३ गते प्रतिष्ठानको वेवसाईटमा रजिष्ट्रारले एकल रुपमा विज्ञापन गरिएका भनिएका पदमा प्रोफेसर, एशोसियट प्रोफेसर,एसिष्टेन्ट प्रोफेसर, लेक्चर सहितका केही पद, एम ईन सोसियोलोजीमा एक जना एशोसियट प्रोफेसर, एक जना एसिष्टेन्ट प्रोफेसर र ३ बर्ष अधिकृत तहमा अनुभव गरेको व्यक्ति सातौ तहको खरिद अधिकृत विज्ञापन गरिएको छ । खरिद अधिकृत प्रतिष्ठानकाे दरवन्दी र कार्यकारी समितिकाे वैठककाे निर्णय समेत नभएकाे प्रतिष्ठानका बरिष्ठ प्रशासकीय अधिकृत शाहीले बताउनुभयाे ।उहाले स्थायी परीक्षा खोलिसकेपनि ७ वटा विज्ञापन गरिएको बताएका छन् । उहाँका अनुसार रजिष्ट्रार महतको असार पहिलो साता पदावदि सकिदैछ तर पनि विज्ञापन खोल्दैछन ।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निमित्त उपकुलपति डाक्टर डवलसिंह धामीले जेठ २३ गतेको विज्ञापन बिषयमा कर्मचारीले जानकारी गरापछि गम्भिर ध्यानाकर्षण भएको बताउदै रजिष्ट्रार नृपेन्द्र महतलाई सो विषयमा के भएको हो लिखित जानकारी माग गरिएको प्रतिक्रिया दिनुभयो ।

क्याप्सन ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पत्रकार भेटघाट तस्बिर कोरपाटी ।

प्रतिकृया दिनुहोस्