

जुम्ला,जेठ १८ गते । नेकपा माओवादी केन्द्र चन्दननाथ नगरपालिका स्तरीय समितिको नयाँ नेतृत्व चयन गरेको छ । सुरेन्द्र महतको अध्यक्षतमा नयाँ समिति चयन भएको हो ।
नेकपा माओवादी केन्द्र जुम्लाका अध्यक्ष नवराज न्यौपानेका अनुसार चन्दननाथ नगरपालिकामा सर्वसम्मत कमिटि चयन भएको छ । उहाँका अनुसार समितिको उपाध्यक्षमा चन्द्रावति उपाध्याय, उपाध्यक्षमा नन्दबहादुर बुढ्थापा, उपाध्यक्षमा नन्दु सार्की, सचिवमा कृष्ण नेपाली, सहसचिवमा नरेन्द्र सेजुवाल सहितको ४९ समितिको जिल्ला कार्यसमिति गठन भएको हो ।
झण्डै एक महिना अगाडि शुरु भएको अधिवेशन लामो छलफल पछि सहमतिमा चयन भएको छ । यसैगरी माओवादी केन्द्रले हिमा गाउँपालिका, सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका र तातोपानी गाउँपालिमा यस अगाडि नयाँ नेतृत्व चयन भईसकेको छ भने तिला गाउँपालिकामा नयाँ नेतृत्व चयन हुन वाँकी रहेको छ ।