OnlinePana

आज : २०८२ जेठ १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १६, २०८२
६ पटक

१५ जेठ २०८२, बिहीबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले हरेक नागरिक समान हुने प्रणाली नै गणतन्त्र भएको बताउनुभएको छ ।

१८औं गणतन्त्र दिवसको अवसर मुख्यमन्त्री कँडेलले सम्पूर्ण नेपाली आमा बुबा दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि भएका सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात् सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानबाट अन्त्य गरेको आज दिनले महत्वपूर्ण इतिहास स्थापित गरेको उहाँले बताउनुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कँडेलले भन्नुभएको छ, “जुनसुकै शासन प्रणालीलाई संस्थागत हुन, सुदृढ बन्न र त्यसबाट परिणाम पाउन निश्चित समय लाग्न सक्छ । शासन प्रणाली विकासका क्रममा कमजोरीहरु देखा पर्न सक्छन् । नागरिकका आशातित अपेक्षा पुरा नहुँदा कहीँ कतै वितृष्णा र टिकाटप्पणीका स्वरहरु सुनिन सक्छन् । त्यसलाई हामीले स्वाभाविक ठानेर हाम्रा कतिपय कार्यशैली, व्यवहार र आचरणहरू सुधार गर्न सक्नुपर्छ ।”

टिकाटिप्पणी र कमीकमजोरीहरुलाई व्यवस्थाको असफलतासँग जोडदै कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्काउने खोज्ने असंवैधानिक कदमहरु कदापि स्वीकृत नहुने र इतिहासको गतिलाई अब कसैले पनि पछाडि फर्काउन नसक्ने बताउँदै उहाँले गणतन्त्र दिवसको ऐतिहासिक अवसरले राष्ट्रिय सार्वभौमिकता‚ स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्