OnlinePana

आज : २०८२ जेठ १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १४, २०८२
७४ पटक

नेत्र शाही,जुम्ला,

जेठ १३ गते । बरिष्ठ पत्रकार तथा कवि महान सहिद कृष्णसेन ईच्छुकको २३ औ स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । प्रेस सेन्टर जुम्लाको आयोजनामा चियापान तथा सम्झना कार्यक्रम गरिएको छ ।

स्मृति दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य तथा चन्दननाथ नगरपालिकाका ईन्चार्ज साहसी राजकुमार शाहीले कृष्णसेनलाई साक्षी राखेर प्रेस सेन्टरले काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले प्रेस सेन्टरले चलाएको कलम थप शशक्त गर्न तथा जनप्रतिनिधिले गरेका राम्रा कामहरुमा थप कलम चलाउनु पर्ने बताउनुभयो । उहाँले सेन जस्ता पत्रकारले यदि माओवादीले चलाएको राजनितिक आन्दोलनमा कठिन परिस्थितिमा कलम नचलाएको भए जनयूद्ध सफल नहुने बताउदै त्यसमा हालको प्रेस सेन्टर थप सक्रिय हुनुपर्ने जोड दिनुभयो ।

प्रेस सेन्टर नेपाल जुम्ला जिल्ला अध्यक्ष दिलमाया शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य तथा पत्रकार महासंघ शाखा जुम्लाका पूर्वध्यक्ष नेत्रबहादुर शाहीले कृष्ण सेन ईच्छुकको जीवनी, पत्रकारिताको संघर्षका बिषयमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । स्मृति दिवसमा सहभागी पत्रकार, पार्टीका नेता तथा भातृ संगठनका प्रमुख प्रतिनिधिले ईच्छुकको तस्बिरमा माल्याणपण गरि सम्झना गरिएको थियो ।

प्रतिकृया दिनुहोस्