OnlinePana

आज : २०८२ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ ६, २०८२
१२ पटक

५ जेठ २०८२, सोमबार

यही जेठ १–५ गतेसम्म सञ्चालित ‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सम्पन्न भएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सम्पन्न ‘पृतनापति ट्रफी २०८२’ अन्तरगत विभिन्न विधामा भएका खेलकुदहरुमध्ये आज सम्पन्न भलिबल फाइनल खेलमा कालीबहादुर गण प्रथम भएको छ । पहिलो सेट देवीदत्त गणले जितेको थियो । त्यसपछि तीनै खेलमा कालीबहादुर गणले सोझो तीन सेट जितेर प्रथम भएको हो ।

प्रतियोगितामा देवीदत्त गण उपविजेता भएको छ । भलिबल खेल विजेता कालीबहादुर गणका खेलाडीहरुलाई उत्तरपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी अनुपजंग थापाले ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

‘स्वास्थ्य, मित्रता एवं राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित स्वस्थ खेलाडी उत्पादन तथा शारीरिक क्षमता अभिवृद्ध गर्ने उद्देश्य अनुरुप आयोजित प्रतियोगितामा भलिबल, फुटबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स गरी विभिन्न ८ विधाका खेलहरु सञ्चालन गरिएको उत्तरपश्चिम पृतना हेडक्वार्टरका चिफ अफ स्टाफ सहायक रथी दिनेश रजौरले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी श्री अनुप जंग थापासहित चिफ अफ स्टाफ, कर्णाली प्रदेश राष्ट्रिय अनुसन्धान निर्देशक, कर्णाली प्रदेश प्रहरी बरिष्ठ उपरीक्षक, श्री नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, श्री उत्तर पश्चिमपृतनाका सह–चिफ अफ स्टाफहरु समेतको उपस्थिति रहेको थियो ।

‘पृतनापति ट्रफी २०८२’ को समग्र खेल विधामा भएको प्रतियोगितामा श्री नं.४ बाहिनी अड्डा च्याम्पियन्स भएको जनाइएको छ । आयोजक पृतना हेडक्वार्टरका अनुसार प्रतियोगितामा खेलाडी, रेफ्री, अफिसियल तथा व्यवस्थापकहरु गरी करीब ३०० जना सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस्