

नेत्र शाही ,जुम्ला,
वैशाख ३० गते । हिमा गाउँपालिकाको ७ वटै वडा वालविवाह मुक्त घोषणा भएका छन् । गाउँपालिकाले हिमा गाउँपालिका वडा नम्बर ६ लाई घोषणा गरेपछि सवै वडा घोषणा भएका हुन ।
गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले गाउँपालिकाका सवै वडा वालविवाह मुक्त घोषणा भएको जानकारी दिनुभयो । उहाँले वडा नम्बर ६ अन्तिम वडाका रुपमा घोषणा भएको छ । अव सवै वडा र सरोकारवालाको सहभागितामा गाउँपालिका वालविवाह मुक्त घोषणा कार्यक्रम राखिने छ ।
गाउँपालिकाले हिमाका वडा नम्बर १,२,३,४,५ र ७ वटा वडा यस अगाडि वालविवाह मुक्त घोषणा भईसकेका छन् । वडा नम्बर ६ को वालविवाह मुक्त घोषणा कार्यक्रम भानु माध्यामिक विद्यालयमा सम्पन्न भएको छ । हिमाका वडाहरुमा स्थानीय वालवालिका, महिला, सरोकारवालाको सहभागितामा स्थानीय सरकारले वालविवाह घोषणा गर्दै आएको छ ।
घोषणा कार्यक्रममा वोल्दै अध्यक्ष लक्ष्मणबहादुर शाहीले सानैमा हुने वालविवाहले छोरीहरुमा हुने समस्या हुने र जीवनै बिग्रने भएकाले स्थानीय सरकारले वालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने आधार तयार पारेर सवै वडा वालविवाह मुक्त वडा भएकोमा जोड दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष सुपर्ना शाहीले गाउँपालिकाले थालेको यस अभियानमा सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभयो । उहाँले वालविवाह पारिवारिक र सामाजिक जीवनका लागि हानिकारक भएकाले शुरुवात देखी यो अभियान थालिएकोमा जोड दिनुभयो । घोषणा कार्यक्रममा नेकपा माओवादीका नेता अमरजंग शाही, नेकपा एमालेका नेता जयबहादुर खत्री सहित सरोकारवाला निकायहरुले शुभकामना दिनुभएको छ ।
क्याप्सन : हिमा गाउँपालिकाका ७ वटा वडामध्य वडा नम्बर ६ घोषणा ।