OnlinePana

आज : २०८२ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २८, २०८२
१०५ पटक

अमृत बुढाथोेकीमगर,

जुम्ला  वैशाख २८ गते । पत्रकारहरुको सवाल समेटन भन्दै हुलाकबाट पत्रचार गरिएको छ । प्रेस सेन्टर जुम्लाले जुम्लाका आठवटै स्थानीय तहमा समानुपातिक विज्ञापन, पत्रकारको क्षमता अभिबृद्धिका कार्यक्रम सहित विभिन्न माग राख्दै हुलाक मार्फत ज्ञापन पत्र पठाएको हो । प्रेस सेन्टरले चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, सिँजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका र तातोपानी गाउँपालिकामा हुलाक मार्फत माग पठाईएको हो ।

प्रेस सेन्टर जुम्लाले विभिन्न १४ वटा माग राख्दै सवै स्थानीय तहलाई हुलाक मार्फत पत्र पठाएको जिल्ला अध्यक्ष दिलमाया शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रेस सेन्टरको केन्द्रीय कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यालयमा जिल्लाका पत्रकार तथा संचार क्षेत्रका माग पठाएको हो ।

जिल्ला अध्यक्ष शाहीका अनुसार स्थानीय तहमा सूचना अधिकारी अनिवार्य तोकी आम सरोकारका बिषयको सूचना प्रभावकारी रुपमा दिन तथा स्थानीय संचार माध्याममा प्रकाशन प्रसारणमा जोड दिनुपर्ने, नगरपालिकाले÷गाउँपालिकाले समानुपातिक विज्ञापन ऐन तथा संचार सँग सम्बन्धीत कानून बनाई समानुपातिक बिज्ञापन प्रणाली लागु गरि स्थानीय संचार माध्यामको संरक्षण गर्नुपर्ने,स्थानीय पत्रकारलाई क्षमता अभिबृद्धिको तालिमका कार्यक्रमहरुमा प्रथामिकता दिनुपर्ने, स्थानीय तहमा सूचना प्रविधि शाखाको उचित व्यवस्थापन तथा स्थानीय सरकारका गतिविधि नियमित गर्न वेवसाईट, सामाजिक सञ्जाल, ईमेल मार्फत सूचना प्रवाह गरि क्रियाशिल बनाईनुपर्ने, स्थानीय तहमा सार्वजनिक सवाल, सेवा प्रवाहका बिषयमा आम सञ्चार माध्यामको सदउपयोग गरि शुसासन कायममा जोड दिईनु पर्ने, महिला पत्रकारको क्षमताबृद्धिमा विशेष प्रथामिकता दिनुपर्ने लगायतका विभिन्न माग रहेका छन् ।

प्रेस सेन्टरले प्रेसका सवाल सहित स्थानीय तहमा विभिन्न कार्यका लागि पनि सुझाव दिईएको छ । स्थानीय तहमा महिला, वालवालिका, दलित, ज्येष्ठ नागरिक, अपांगता क्षेत्रमा विशेष बजेट विनियोजन गरि कार्यक्रम सञ्चालन गर्न सहयोग गर्न हुन, स्थानीय तहले पत्रकारलाई दुर्घटना तथा स्वास्थ्य विमा गर्न, कामको आधारमा प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने कार्यक्रमहरुमा प्रथामिकता दिन हुन ।

यसैगरी जुम्ला सदरमुकाम सहित सवै स्थानीय तहमा सिसि टिभी जडान गरि अपराध न्यूनिकरण गरिनुपर्ने, नगरपालिका÷गाउँपालिका केन्द्र क्षेत्रमा समेत विशेष शहरी योजना बनाउनका लागि पहल गरिनुपर्ने, अव्यवस्थथित सड्क व्यवस्थित गर्न तथा सड्कमा जथाभावी निर्माण सामग्री फालेर फोहोर बनाउने, दुर्घटना निम्त्याउने, वालवालिका, ज्येष्ठ नागरिकलाई हिड्न हैरान भएकाले तत्काल सफा गर्ने नितिगत व्यवस्थाका लागि अनुरोध छ ।

यसैगरी जुम्लामा व्याप्त रुपमा बढिरहेको लागु औषध दुव्र्यसनी न्यूनिकरण गर्न, अवैध मदिरा तथा सुर्तिजन्य पदार्थ सार्वजनिक स्थलमा प्रयोगमा रोक लगाईनुपर्ने, जुम्लाका नदिहरु तिला, हिमा, जवा, भेरीखोला, गिडिखोलामा अवैध रुपमा रुपमा उत्खन भईरराखेको वालुवा गिट्टी तत्काल अनुगमन गरि तत्काल रोकेर प्राकृतिक विपतिबाट बचाईनुपर्ने, वि.सं २०७९ सालको विपतमा जुम्ला संकटग्रस्त क्षेत्र घोषणा गरिएकाले क्षेति भएको भौतिक संरचना पुर्ननिर्माण तथा खेतियोग्य जमिनको सिँचाई कुलोहरु पुर्न निर्माणमा सहयोग गर्नुपर्ने माग रहेको छ ।

नेपाल पत्रकार महासंघ जुम्लाका पूर्वध्यक्ष तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नेत्रबहादुर शाहीले स्थानीय तहमा प्रेस मैत्री कानूनहरु निर्माण नहुदा समानुपातिक विज्ञापन प्रणालीमा समस्या भईरहेको समयमा ध्यानाकर्षण भएको जानकारी दिनुभयो । उहाँले जिल्ला पत्रकार सुरक्षा सहितका विभिन्न बिषयका माग समेत प्रमुख जिल्ला अधिकारी  रामबहादुर शाहीलाई वुझाईएको छ ।

क्याप्सन : जिल्ला हुलाक कार्यालयमा स्थानीय तहमा पत्र पठाउदै तस्बिर नेत्र शाही, जुम्ला ।

प्रतिकृया दिनुहोस्