OnlinePana

आज : २०८२ जेठ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २५, २०८२
२९ पटक

२५ बैशाख २०८२, बिहीबार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले बजेट वितरण प्रणालीलाई व्यवस्थित बनाएर लिने बताउनुभएको छ ।

आज सुर्खेत वीरेन्द्रगरमा आयोजित प्रदेश समन्वय परिषद बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सरकारले तजविजीको आधारमा बजेट बाँडने काम क्रमशः रोक्दै बजेट वितरण प्रणाली समेत व्यवस्थित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट पारित गर्ने निकाय प्रदेशसभा हो । प्रदेशसभाले पास गरेको बजेट सरकारले कार्यान्वयन गर्छ । सरकारले आफ्नै तजबिजीका आधारमा बजेट बाँडने काम गर्दैन ।”

मुख्यमन्त्री कँडेलले बजेट र योजना बाँडफाँडमा धेरै नै नकारात्मक टिकाटिप्पणी उठ्न थालेपछि आगामी वर्षदेखि आयोजना छनोट गर्न कार्यविधि बनाएकोले अब उप्रान्त योजना छनोटमा पक्षधरता नहुने र झस्केलाबाट जान्छन भन्ने विषयलाई समाप्त गर्ने अभियानमा सरकार लागिरहेको जनाउनुभयो । यसपटक प्रदेश सरकार र स्थानीय तह एकै ठाउँमा बसेर पहिलो पटक आयोजनाबरे छलफल गर्ने कानुनी र संरचनागत अभ्यास सुरु भएको पनि मुख्यमन्त्री कँडेलले दावी गर्नुभयो ।

आयोजना छनोट गर्दा कर्णालीको सन्दर्भमा रोजगारीका तीन क्षेत्र कृषि, साना उद्योग र पर्यटनलाई ध्यान दिने बताउँदै उहाँले यस वर्षदेखि मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमलाई कृषि, आयआर्जन र उत्पादन आधारित आयोजनाका रुपमा विशिष्टीकृत गरिने जनाउनुभयो । स्थानीय तहलाई आफ्नो तहमा आम्दानी बढाउन योजना बनाउने काममा लाग्न आग्रह गर्दै आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका कार्यक्रम, आयोजनाहरु संघ, प्रदेश वा विकास साझेदार जसको भएपनि अनुगमन गरेर समयमै र गुणस्तरीय बनाउने काममा ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिहरुलाई उहाँले सुझाव दिनुभयो ।

दलीय व्यवस्थामा विकासको काममा जननिर्वाचित र सरकारी कर्मचारीले मात्र गर्न सकिन्छ कि भन्ने भावना लिएर अघि बढ्दा समस्या आउने बताउँदै मुख्यमन्त्री कडेलले स्थानीय स्तरमा सबै दलहरुसँग छलफल र परामर्श गरेर काम गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस्