OnlinePana

आज : २०८२ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २५, २०८२
२६ पटक

नेत्र शाही,जुम्ला,

वैशाख २५ गते । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तहको वेरुजु र शुुसासन बिषयमा स्थानीय सरकार सँग अन्तरक्रिया गरेको छ ।
जुम्लाका आठवटै स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख तथा सरोकारवाला निकायको सहभागितामा जुम्लामा अन्तरक्रिया गरिएको हो ।

महासंघले आयोजना गरेको सो कार्यक्रममा स्थानीय तह सञ्चालनको प्रक्रिया, सम्भावना, चुनौति र अवसर र वेरुजुको अवस्थाका बिषयमा छलफल गरिएको छ । महालेखा परीक्षक कार्यालयका निर्देशक जगनाथ घिमिरेले वेरुजु बढ्नाका कारण, फछ्र्यौट गर्ने दायित्व, समस्या र चुनौतिका बिषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । उहाँले महालेखा परीक्षकको ६१ औ प्रतिवेदनमा जुम्लाको अवस्था वारेमा जानकारी समेत गराउनु भएको छ । निर्देशक घिमिरेले नेपालको स्थानीय तहमा विना शिर्षक, जथाभावी अनुगमन भत्ता, महोत्सव सहितका विभिन्न कार्यक्रमहरुमा ध्यान नदिई समस्या भईरहेको जानकारी दिनुभयो ।

गाउँपालिका राष्ट्रिय महासंघले समेत स्थानीय तहको सभा, कार्यपालिका, न्यायपालिका सहितका निकायको कामको अवस्था अपनाउनु पर्ने कानूनी आधारको बिषयमा कार्यपत्र प्रस्तुत गरेको छ । गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण बहादुर शाहीले स्थानीय तहको विरुजु घटाउने र शुसासन कायम गर्ने उद्देश्यले स्थानीय सरकार प्रमुख, कर्मचारी, पत्रकार, महालेखा परीक्षक कार्यालयको सहभागितामा अन्तरक्रिया शुरुवात गरिएकोमा बताउनु भयो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले यस्तो प्रकारका कार्यक्रम शुरु गरेकोमा धन्यवाद दिदै निरन्तरता गनर्रपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले स्थानीय तहमा अधिकृत खटाउन नसक्दा निमित्तको भरमा समस्या देखिरहेको सुझाव दिनुभयो । अन्तरक्रियामा वेरुजुमा भएका समस्या र सामाधानका बिषयमा व्यापाक छलफल भएको छ । महालेखा परीक्षकको कार्यालय र महासंघले गरेको प्रतिवेदनमा छलफल, सूझाव तथा अन्तरक्रिया गरिएको छ ।

क्याप्सन :गाउँपालिका महासघले आयोजना गरेको वेरुजु र शुसासन विषयको अन्तरक्रिया तस्बिर नेत्र शाही, जुम्ला ।

 

प्रतिकृया दिनुहोस्