OnlinePana

आज : २०८२ बैशाख २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २३, २०८२
३८ पटक

नेत्र शाही ,जुम्ला,

वैशाख २२ गते । नेकपा माओवादी केन्द्रको हिमा गाउँपालिकामा मुनबहादुर बुढाको अध्यक्षतामा नयाँ समिति गठन भएको छ ।
गाउँपालिकाको दोस्रो अधिवेशनबाट वुढाको अध्यक्षतामा ४१ सदस्यीय समिति गठन भएको हो ।

यूवा नेता अमरजंग शाहीका अनुसार मुन बहादुर बुढाको अध्यक्षतामा धनराज शाही– उपाध्यक्ष, अकल ब शाही,उपाध्यक्ष, सरिता खत्री (अधिकारी)–उपाध्यक्ष, पिथि ब शाही–सचिव, बिष्ण बहादुर भण्डारी कोषाध्यक्ष, डिल बहादुर रोकाय–सह सचिव, वीर तिरुवा–कार्यलय सदस्य, प्रेम ब रावत–कार्यालय सदस्य र बिरजिते सार्की–कार्यालय सदस्य निर्वाचित भएका छन् ।

नवनिर्वाचित समितिको जिल्ला कमिटिका अध्यक्ष मुनबहादुर बुढाले अव हिमाको संगठन थप सक्रिय भएर लाग्ने तथा ०८४ सालमा पुन बिजय हाशिल गर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्