बैशाख २१, २०८२

३ पटक
२१ बैशाख २०८१, आइतबार
जुम्लाः नेकपा माओवादी केन्द्र तिला गाउँपालिका ४ जुम्लाका वडा कमिटि अध्यक्षमा प्रदीप शाही सर्वसम्मत चयन हुनुभएको छ ।
शाहीको अध्यक्षमा आज २१ सदस्यीय वडा कमिटि गठन भएको हो । जसको उपाध्यक्षमा रामप्रसाद चौलागाई, सचिवमा कालीबहादुर हमाल, कोषाध्यक्षमा रत्नसरा सुनार र सहसचिवमा चयन हुनुभएको अध्यक्ष शाहीले बताउनुभयो ।
नव गठित समितिले नेकपा माओवादी केन्द्रले थालेको जनतासँग माओवादी अभियानलाई सुदृढ बनाएर लैजाने, सुशासित, समृद्ध र विकसित जुम्ला निर्माणका लागि समाजमा भएका विकृति, विसंगति र भ्रष्टचार विरोधी गतिविधि सञ्चालनमा जोड दिने जनाएको छ ।