OnlinePana

आज : २०८२ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १६, २०८२
१२ पटक

१५ बैशाख २०८२, सोमबार

जुम्लाः नेकपा (माओवादी केन्द्र) पातारासी गाउँपालिका कमिटिको अध्यक्षमा भक्तबहादुर बुढा सर्वसम्मत चयन हुनुभएको छ ।

उक्त पालिकामा आइतबार आयोजित दोस्रो अधिवेशनले बुढाको अध्यक्षमा ४५ सदस्यीय पालिका कमिटि गठन भएको नेकपा माओवादी केन्द्र जुम्लाका सचिव नवीन शर्माले जानकारी दिनुभयो ।
बुढा दोस्रो कार्यकालको लागि पालिका अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

त्यस्तै, उपाध्यक्षमा पूर्णराज बुढा, एलिना बुढा र रुप्सी महतारा, सचिवमा गौरीशंकर बुढा, कोशाध्यक्ष बाँचु बुढा र सहसचिव धर्मसिंह थापा निर्वाचित भएको पार्टी सचिव शर्माले बताउनुभयो ।

आईतबार भएको पालिका अधिवेशनको उद्घाटन माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले गर्नुभएको थियो । उक्त उद्घाटनमा माओवादी केन्द्र जुम्लाका इन्चार्ज नरेश भण्डारी, सहइन्चार्ज गोमा गौतम, वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, केन्द्रीय सदस्यलगायतको उपस्थिति रहेको थियो । माओवादी केन्द्रको जिल्लाका आठवटा स्थानीय तहमध्ये पातारासी र गुठीचौर गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ ।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र) जुम्लाले हिमा, तातोपानी पातारासी, गुठीचौरका वडाको अधिवेशन सम्पन्न गरेको छ भने कनकासुन्दरीका २ वडा र चन्दननाथ नगरपालिका १ वडाको अधिवेशन सम्पन्न भएको जनाइएको छ । यसपछि भने तिला, सिंजा र चन्दननाथका वडाको अधिवेशन गर्ने तयारी भइरहेको सचिव शर्माले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्