OnlinePana

आज : २०८२ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १२, २०८२
५ पटक

१२ बैशाख २०८२, शुक्रबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडलले विश्वविद्यालय अनुसन्धान, नवप्रवर्तन र समाज रुपान्तरणका सशक्त आधार भएको बताउनुभएको छ ।

मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा आजबाट सुर्खेत वीरेन्द्रनगरमा सुरु भएको ‘शिक्षा संस्कृति, समाज र व्यवसायमा अबको बाटो’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले विश्वविद्यालय केवल शिक्षण गर्ने थलो मात्र नभई अनुसन्धान, नवप्रवर्तन र समाज रुपान्तरणको जग भएको बताउनुभयो ।

मध्यपश्चिमविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमसँगै विश्वविद्यालयलाई राष्ट्रिय र अन्तर्राष्टियस्तरमा स्थापित गर्न यस प्रकारको सम्मेलनको आयोजना गरेको कार्यको प्रति प्रंशसा गर्नुभयो । यसले नवप्रवर्तन र विकासका प्रमुख क्षेत्रहरुमा सरोकारवालाहरुबीच संवाद तथा सहकार्यलाई प्रवद्र्धन गर्दै शिक्षा, समाज र व्यवसायका क्षेत्रमा भइरहेका परिवर्तनहरुलाई बुझेर भविश्यको मार्गचित्र कोर्न महत्वपूर्ण भूमिका खेल्ने कार्यमा मुख्यमन्त्री कँडेलले सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

त्यसैगरी, सम्मेलनमा प्रस्तुत हुने विचारहरु र निष्कर्षहरुले यहाँको शैक्षिक उन्नयनसँगै कर्णाली प्रदेशको विकास र समृद्धिमा महत्वपूर्ण योगदान दिन सक्नेमा आफू पूर्ण विश्वस्त रहेको पनि उहाँले बताउनुभयो । मुख्यमन्त्री कँडेलले प्राज्ञिक समुदायलाई आगामी दिनमा अझ गहन अनुसन्धान, ज्ञान, सिर्जना र समाधानमुखी संवादतर्फ अग्रसर हुन हार्दिक आह्वान गर्नुभएको छ । उक्त सम्मेलनमा भारतलगायत विश्वका विभिन्न देशका प्राध्यापक डाक्टर, विद्धान तथा प्राज्ञिक व्यक्तित्वहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्