OnlinePana

आज : २०८३ बैशाख १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १२, २०८२
३१४ पटक

 

१२ बैशाख २०८२, शुक्रबार

सुर्खेतः नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले जनताको अधिकार सम्बोधन नहुने अवस्थामा सरकारको विकल्प खोजिने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिद्वारा आज सुुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव गुरुङले अहिले मुलुकमा थुप्रैखाले समस्या देखिँदा जनतामा निराशा छाएको जनाउनुभयो । सहकारी, मिटरब्याजी पीडित, शिक्षक, कर्मचारी, चिकित्सक स्वास्थ्यकर्मीहरुका समस्या एकैपटक बाहिर आउनुमा सरकारको निषेधात्मक कार्यशैली भएको उहाँले आरोप लगाउनुभयो ।

पछिल्लो समयमा सक्षम कर्मचारीहरुलाई निरुत्साहित एवं कारवाही गर्ने सरकारको बेथिति र कमजोरीका कारण पूर्व दरबारीयाहरु ब्यूतेको तथापि गत चैत १५ गते उनीहरुले लिएको योजना पूर्णरुपमा रद्द भएको पनि उहाँले बताउनुभयो । कुलमानको पक्षमा बोलेको भन्दै सत्ता साझेदार दलकै राज्यमन्त्रीलाई समेत बर्खास्त गर्नुले सरकारको स्वेच्छाचारिता र र रवैया देखिए पनि सरकार बदलिनेमा अहिले नै स्पष्ट चित्र नरहेको उहाँको भनाई थियो ।

मुलुकको विकासका निम्ति स्थिरता र राजनीतिक स्थायित्व आवश्यक रहेको महासचिव गुरुङले भन्नुभयो, “यो सरकारको नेतृत्वमा लघुवित्त पीडितको समस्या, चिकित्सक स्वास्थ्यकर्मीहरुको सेवा सुविधा, शिक्षक आन्दोलन र शिक्षा विधेयक ल्याउने कुरामा सरकार गम्भीर भएको देखिएन । यी समस्याका विषयमा प्रतिपक्षीको हिसाबले माओवादी केन्द्रले सदन र सडक दुवैबाट खबरदारी गर्दै आएको छ । अँझै सरकारले मुलुकमा देखिएका सबै मुद्दाका बारेमा बेलैमा पुनर्विचार गर्नुपर्दछ ।”

सरकारले स्वार्थ केन्द्रित र भ्रष्ट प्रवतिको अन्त्य गर्नतर्फ गम्भीर हुनुपर्ने सुझाउँदै उहाँले सरकार प्रमुखको कार्यशैली र अभिव्यक्तिले नै मुलुकमा द्वन्द्व र प्रतिषोध जन्माएको दोषारोपण गर्नुभयो । अब सरकाररले राज्यका विद्यमान राज्य संरचनाको परिधिभित्र रहेर मुलुकमा देखिएका समग्र समस्या समाधान गर्नुपर्ने र त्यसो गर्न नसकेमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने महासचिव गुरुङले धारणा व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्