OnlinePana

आज : २०८२ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १०, २०८२
५ पटक

१० बैशाख २०८२, बुधबार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विद्यालय बाहिर रहेका बालबालिकाको हितमा पनि आवाज उठाउन बालबालिकालाई सुझाव दिनुभएको छ ।

आज सुर्खेत वीरेन्द्रनगरमा कर्णालीका दश जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका बालबालिकाहरुसँगको साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले आफनो मात्र नभएर विद्यालय जान नपाएका बालबालिकाहरुको पनि सवाल उठाउन उनीहरुलाई आग्रह गर्नुभएको हो । विद्यालयका पहुँचमा नरहेका बालबालिकाहरुको बारेमा घर छिमेकमै रहेका बालबालिकाहरु नै बढी जानकार हुने हुँदा उनीहरुलाई विद्यालय पठाउन प्रेरित गर्ने काममा सहयोगी समूह बनाएर लाग्न सुझाउनुभयो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “तपाईहरु कै घरछिमेकका बालबालिकाहरु अझै विद्यालय बाहिर छन, उनीहरुलाई पढ्न प्रेरित गर्नुहोला । सानै उमेरमा राजनीति नगर्न यद्यपि गर्ने बेला पनि बुझेर मात्र यस क्षेत्रमा लाग्नुहोला ।” समाजमा देखिएका कुरिती अन्त्य गर्न बालबालिकाको भूमिका महत्वपूर्ण हुने भएकोले हरेक घरमा त्यस्ता कुरिति जन्मन नदिन अभिभावकलाई सचेत गराउन उहाँले आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कँडेलले बालअधिकारका सवालमा राखेका विषयहरु सान्र्दभिक भएको र स्थानीय तहलाई सचेत बनाउने काममा पनि लाग्न बालबालिकालाई सुझाउनुभयो । साक्षात्कार कार्यक्रममा कर्णाली प्रदेशस्तरीय बाल सञ्जालका पदाधिकारी र सदस्यहरुले आजै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउदै सञ्जालका अध्यक्ष समीक्षा चौधरीले बालबालिकाहरुको उचित सवालको समयमै व्यवस्थापन गर्नुपर्ने, बालबिबााह न्यूनीकरण रणनीति र बालविवाहको उमेर हद २० वर्ष कायम गर्नुपर्ने, विद्यालयमा बाल संरक्षणमा ध्यान दिनुपर्ने, समाजमा विद्यमान बालविवाह, जातिय छुवाछुत, छाउपडी प्रथा, अपाङ्गताहरुमाथिको हिंसा न्यूनीकरणका लागि कानुनसँगै व्यवहारिक रुपमा पहलकदमी लिन सरकारसँग माग गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्