OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र २६, २०८१
३३९ पटक

जुम्ला, चैत्र २७ गते । जुम्लाको तिला नदिमा ७०.३७ मेघावाटको विधुत आयोजनाको लागि बातावरण मूल्यांकन गरिने भएको छ ।
नेपाल विधुत प्राधिकरण जवा तिला अर्धजलासययुक्त जलविधुत आयोजना, नेपाल विधुत प्राधिकरण, ईन्जिनियरिङ सेवा निर्देशनालय बातावरण तथा सामाजिक अध्ययन विभाग लाजिम्पाट काठमाडौंले जारी गरेको सूचनामा ७०.३७ मेघावाटको बातावरणीय प्रभाव मूल्याङ्कन निर्धारण सम्वन्धी सार्वजनिक सूचनाको प्रस्ताब गरिएको छ ।

नेपाल विधुत प्राधिकरण ईन्जिनियरिङ सेवा निर्देशनालय वातावरण तथा सामाजिक अध्ययन विभागका अनुसार जवा तिला अर्धजलासययूक्त जलविधुत आयोजना (७०.३७ मेघावाट) जुम्ला जिल्ला तथा कालिकोट जिल्ला हुदै वहने तिला नदिमा प्रस्ताव गरिएको छ । यस आयोजनाले उर्जाको माग उच्च रहेको वेलामा समेत पिकिङ्ग रन अफ दि एयरको रुपमा दैनिक ६ घण्टा विधुत उत्पादन गर्नेगरी निर्माण गरिनेछ ।

सामाजिक अध्ययन विकागका अनुसार यो विधुत जुम्ला जिल्लाको तिला गाउँपालिका रारालिहीको पद्दुखोला स्थानमा १८ मिटर अग्लो तथा ५७.५० मिटर लामो वाध निर्माण गरिनेछ । बाधबाट ६.४२३ किमी लामो सुरुङ मार्फत पानी नाग्ममा रहेको विधुत गृहमा खसाईने छ ।
नेपाल विधुत प्राधिकरण वाताबरण मूल्याङ्कन अध्ययन टोली प्रमुख प्रकाश गौडेलका अनुसार जुम्लालाई केन्द्र बनाएर अगाडि बढाउन थालिएको उक्त आयोजनाको यस चरणमा बातावरण प्रभाव मूल्यांकन गर्न थालेका छौ । अव यो आयोजना अगाडि बढाउन वातावरण प्रभाव मूल्यांकन पछि डिजाईन स्टमेट तयार गरि स्रोत सुनिश्तिता लगायत विभिन्न चरणमा काम गरेर अगाडि बढाउने लक्ष्म रहेको छ । उहाँका अनुसार जुम्लामा निर्माण भईरहेको विुधत प्राधिकरण सव स्टेशनले पनि विधुत प्रवाहमा गुणस्तरता कामय गर्ने तथा यो परियोजना अगाडि बढेमा राज्यलाईनै फाईदा हुने गरि अगाडि बढ्ने आशामा रहेको बताउनुभयो ।

बातावरण मूल्याङ्कनका लागि सूचना आवह्रान भएपछि स्थानीयमा खुशी छाएको छ । सो विधुत आयोजनाको परिकल्पनाकार तथा पहलकर्ता संविधानसभा सदस्य तथा पूर्वमन्त्री नरेश भण्डारीले उत्पादनशिल र उज्यालो जुम्लाको अभिायनमा अनवरत संघर्षमा रहेको बताउदै आयोजनाको प्रारम्भिक सर्भे, लाईसेन्स प्राप्तिको बिषय हुदै वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी क्षेत्र निर्धारणका लागि लिखित माग गर्ने चरणमा पुगेकाले नयाँ खुट्किलो उक्लेको बताउदै खुशी व्यक्त गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस्