OnlinePana

आज : २०८१ चैत्र १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र १४, २०८१
९७ पटक

जुम्ला, चैत १५ गते ।

नेकपा (माओवादी केन्द्र) जुम्लाले स्थानीय तहमा मसाल जुलुस प्रर्दशन गरेको छ । माओवादी केन्द्रले नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाईएको, भ्रष्ट्रचार वेथिति र प्रतिगमनको विरोध गर्दै जुम्लाका स्थानीय तहमा मसाल जुलुस प्रदर्शन गरिएको छ ।

नेकपा माओवादी केन्द्र जुम्लाका अध्यक्ष  नवराज न्या न्याैपानेका अनुसार स्तथानीय तहमा पाटीका नेता कार्यकर्ताले मसाल जुलुस गरेको जानकारी दिनुभयो । उहाँले पार्टीको योजना अनुसार जुम्लाका तहमा मसाल जुलुस कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो ।

पार्टी अध्यक्ष न्यौपानेले वर्तमान समयमा गणतन्त्र विरोधीहरु चलमलाउन खोजेको समयमा त्यसको प्रतिकार समेत रहेको छ । माओवादी केन्द्र सहितका समाजवादी मोर्चाले  १५ गते काठमाण्डौमा बृहत प्रदर्शनी गर्ने तयारी समेत गरेको छ । जुम्ला सदरमुकाम सहित जिल्लाका स्थानीय तहमा विरोध स्वरुप जुलुस गरिएको छ ।

प्रतिकृया दिनुहोस्