OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जेठ १२, २०७७जुम्ला
१०५५ पटक

जुम्ला । गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ ।
गृहमन्त्रालयका सह प्रबक्ता उमाकान्त अधिकारीका अनुसार मन्त्रालय पछिल्लो समयकाे निर्णय अनुसार जुम्ला सहित चार जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका हुन ।
मन्त्रालयले सोमबार बाँके, सप्तरी, पर्वत र जुम्लाका सिडिओको सरुवा गरेको जानकारी गर्नुभयो । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे पाल्पामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा हुनु भएको छ भने गृह मन्त्रालयमा कार्यरत उपसचिव भूपेन्द्र थापा जुम्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा मन्त्रालयले सरुवा गरेको हो ।
स्रोतका अनुसार स्याङ्जाका सिडिओ राम बहादुर कुरुम्वाङको बाँकेमा सरुवा भएको छ भने बाँकेका सिडिओ कुमार बहादुर खड्कालाई मन्त्रालयमा तानिएको छ । स्याङ्जामा कसलाई पठाउने भन्ने निर्णय भई सकेको छैन । सप्तरीमा गृह मन्त्रालयका सहसचिव शंकरहरी आचार्यलाई पठाइएको छ । सप्तरीका सिडिओ अध्यागमन अन्तर्गतको कार्यालयमा सरुवा गरिएको छ ।
पर्वतमा शम्भुप्रसाद रेग्मीलाई खटाएको छ भने पर्वतकी सिडिओ कल्पना घिमिरे नेपाललाई चितवनको सहायक सिडिओमा सरुवा गरिएको छ । केही दिन अघि मात्रै ५ जिल्लाका सिडिओको सरुवा गरिएको थियो ।

प्रतिकृया दिनुहोस्