जुम्ला । गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ ।
गृहमन्त्रालयका सह प्रबक्ता उमाकान्त अधिकारीका अनुसार मन्त्रालय पछिल्लो समयकाे निर्णय अनुसार जुम्ला सहित चार जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका हुन ।
मन्त्रालयले सोमबार बाँके, सप्तरी, पर्वत र जुम्लाका सिडिओको सरुवा गरेको जानकारी गर्नुभयो । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे पाल्पामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा हुनु भएको छ भने गृह मन्त्रालयमा कार्यरत उपसचिव भूपेन्द्र थापा जुम्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा मन्त्रालयले सरुवा गरेको हो । 
स्रोतका अनुसार स्याङ्जाका सिडिओ राम बहादुर कुरुम्वाङको बाँकेमा सरुवा भएको छ भने बाँकेका सिडिओ कुमार बहादुर खड्कालाई मन्त्रालयमा तानिएको छ ।
स्याङ्जामा कसलाई पठाउने भन्ने निर्णय भई सकेको छैन । सप्तरीमा गृह मन्त्रालयका सहसचिव शंकरहरी आचार्यलाई पठाइएको छ । सप्तरीका सिडिओ अध्यागमन अन्तर्गतको कार्यालयमा सरुवा गरिएको छ ।
पर्वतमा शम्भुप्रसाद रेग्मीलाई खटाएको छ भने पर्वतकी सिडिओ कल्पना घिमिरे नेपाललाई चितवनको सहायक सिडिओमा सरुवा गरिएको छ । केही दिन अघि मात्रै ५ जिल्लाका सिडिओको सरुवा गरिएको थियो ।
जुम्ला प्रजिअ बञ्जाडे पाल्पा र गृह मन्त्रालयका उपसचिब थापा जुम्ला सरुवा
थापा जुम्लाकाे प्रजिअ
नेत्र शाही जेठ १२, २०७७जुम्ला
१५२१ पटक
- नेकपा हिमा गाउँपालिका वडा अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
- कुडारीस्थित करिब ४०० वर्ष पुरानो देवदारको रुख ढल्यो
- साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासंग्रह लोकार्पण
- हुलाकमार्फत् आजदेखि घरदैलोमै सवारी लाइसेन्स ढुवानी सुरु
- कर्णालीकी ‘जेठी आमा’ शाहीको ११७ वर्षको उमेरमा निधन
- खडानन्द चौलागाईको ‘दशनामी समाजका भ्रम र खस सभ्यता’ कृर्ति लाेकार्पण
- चन्दननाथ सहकारीले पनि किसालाई फाईदा र गुणस्तर कायम राख्दै स्याउ बजारीकरण गर्ने
- राष्ट्रिय प्रसारणकाे बत्ति जाेडिएपछि छानीगाडामा कुटानी पिसानी मिल सञ्चालन, स्थानीयलाई सहज
- गुठिचौर गाउँपालिकामा कार्यवाहक अध्यक्षको जिम्मेवारी भण्डारीकाे काधमा
- अब छिट्टै कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार हुन्छः मुख्यमन्त्री शाही





