OnlinePana

आज : २०८१ चैत्र १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र १०, २०८१
१०९ पटक

नेत्र शाही / सुर्खेत, प्रेस सेन्टर कर्णालीमा प्रतीक ईच्छुक शर्माकाे नेतृत्वमा नयाँ समिति चयन भएकाे छ । विरेन्द्रनगरमा दुईदिन देखि सुचारू भएकाे अधिवेशनले शर्माकाे अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएकाे हाे । निर्वाचन मण्डलका अध्यक्ष तथा प्रेस सेन्टरका उपमहासचिव दिपेन्द्र शर्माका अनुसार प्रेस सेन्टर कर्णालीकाे तेस्राे अधिवेशनबाट विरेन्द्रनगर, सुर्खेतमा सम्पन्न तेस्रो अधिवेशनमार्फत चयन भएको प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिमा अध्यक्ष : प्रतीक इच्छुक शर्मा (सल्यान), उपाध्यक्ष : धर्मराज जिसि (सुर्खेत)
उपाध्यक्ष : उपेन्द्र न्यौपाने (जुम्ला), उपाध्यक्ष : तुलसा रोका (पश्चिम रुकुम), महासचिव : अशोक कुमार सिंह (कालिकोट), सचिव : तिलकराज वलि (सल्यान),सचिव : नरजङ तामाङ (हुम्ला), सचिव : जुना कुमारी रावत (जाजरकोट),सचिव : प्रिमा कुमारी बिश्वकर्मा ( प्रेरणा,कालिकोट),सचिव : तुलाराज चौलागाईं (आकाश, कालिकोट)
कोषाध्यक्ष : कृष्ण शर्मा (दैलेख) सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरु रमिता खड्का मगर (पश्चिम रुकुम), कल्पना रावत (जुम्ला),सुनिल महरा (पश्चिम रुकुम),काली बहादुर नेपाली (जाजरकोट)
इन्द्रबहादुर बुढाथोकी (सल्यान), बिक्रम तिरुवा ( सलिन जुम्ला), गोविन्द विश्वकर्मा (सुर्खेत)
रमेश जैसी (जाजरकोट ),टिकाराज उपाध्याय ( कालिकोट),राकेश बिक (दैलेख) रहेका छन् ।उसैगरि लेखा समिति संयोजक : प्रचण्ड खत्री ( पश्चिम रुकुम)सर्वसम्मत निर्वाचित भएका छन् । नयाँ निर्वाचित समितिलाई संगठनका कर्णालीका ईन्चार्ज ओपेन्द्र शर्माले सपथ खुवाउनु भएकाे छ । यसैगरी सपथ ग्रहण कार्यक्रममा कर्णालीका ईन्चार्ज कमलिबहादुर मल्ल, अध्यक्ष विमला केसी, पुर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले शुभकामना मन्तब्य राख्नु भएकाे छ ।

प्रतिकृया दिनुहोस्