OnlinePana

आज : २०८१ चैत्र ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र २, २०८१
४ पटक

३ चैत २०८१, सोमबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले जलवायु परिवर्तनका कारण राउटे समुदायले विभिन्न जोखिमसँग सामाना गरिरहेको बताउनुभएको छ ।

प्रदेश सरकारको समन्वयमा डिपीनेट नेपालद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘जलवायु परिवर्तनले राउटे समुदायमा परेको असर÷प्रभाव’ सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले लोपोन्मुख राउटे समुदाय परिरहेको असरबाट बचाउन सबै सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताउनुभयो । पछिल्लो समयमा राउटेलाई देखाउने काम भएपनि उनीहरुको सीप, कला उपयोग हुन नसकिरहेको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, “राउटे समुदायबाट निर्माण भएका कोशी, मधुसजस्ता सामाग्री ललितकलाको लागि प्रदर्शनी र बजारीकरण गर्न सक्नुपर्दछ । यो समुदायमा भएको मूर्त र अमूर्त सम्पदाको संरक्षण गर्दै पुस्तान्तरण गरिनुपर्छ । जंगलमा फिरन्ते उनीहरुका निम्ति गाउँ, समुदाय, सरकार र सरोकारवाला निकायहरुले योजनाबद्ध कार्य गर्नपर्दछ ।”

राउटेलाई चुरोट, सुर्ती तथा मादक पदार्थ सेवन जस्ता कुलतमा लाग्न नदिन सबैले गम्भीर बन्नुपर्ने धारणा राख्दै मन्त्री भण्डारीले उनीहरुको स्वास्थ्य र शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार उक्त समुदायको भाषा र उनीहरुले प्रयोग गर्ने लिपिहरुलाई अभिलेख गर्न आवश्यक रहेकोले प्रदेश सरकारले आगामी दिनमा योजनावद्ध कार्य अगाडि बढाउनेछ ।

 

प्रतिकृया दिनुहोस्