OnlinePana

आज : २०८१ फागुन २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २५, २०८१
४ पटक

 

२५ फागुन २०८१, आईतबार

सुर्खेतः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८१ को उद्घाटन भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन भएको हो ।

महोत्सव उद्घाटन सत्र लगत्तै पहिलो चरण अन्तरगत फिल्मसम्वन्धी विभिन्न संवादहरु भएको थियो । पहिलो चरणमा सुर्खेतको वीरेन्द्रनगर र दैलेखको गुरासँ गाउँपालिकामा दोस्रो चरण २६ गते विभिन्न कार्यक्रमहरु भई दुई चरणमा गरेर हुने जनाईएको छ ।

फिल्म महोत्सवमा राजनीतिक संवाद, कर्णाली चलचित्र संवाद, चलचित्रमा साहित्य गजल, कर्णाली पर्यटन संवाद, गुराँस चलचित्र पर्यटन संवादमाथि अन्तरक्रियात्मक छलफल भयो । संवादका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सभासद रामकुमारी झाँक्री, सभासद कुन्तीकुमारी शाही, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, पर्यटनमन्त्री सुरेश अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहन माया ढकाल, चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्ष दिनेश डि.सी., अभिनेता प्रदिप खड्का, उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा, लेखक नवराज केसीलगायत सहभागी हुनुभएको थियो ।

कर्णालीमा भएका सम्भावनालाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पु¥याउन महोत्सवको आयोजना गरिएको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले जानकारी दिनुभयो । कर्णालीमा रहेका पर्यटकीयस्थल, धार्मिकस्थल, चलचित्रका छायाकंनस्थल, यहाँका अनगिन्ती कथा, कला, रीतिरिवाज, भेषभुषा, परम्परा र भाषा संस्कृतिलाई चलचित्र निर्माता, निर्देशक सम्बन्धित व्यक्तिहरुमा प्रचार प्रसार गर्ने उद्देश्य रहेको निर्देशक चन्दले बताउनुभयो ।

महोत्सवले कर्णालीका बारेमा यहाँका कथा, भाषा, लोभलाग्दा दृश्यहरु आगामी दिनमा प्रचारप्रसार गरी सम्भावनाको ढोका खोल्ने गरेको महोत्सवका सल्लाहकार महेन्द्रकुमार मल्लले जनाउनुभयो । महोत्सव उत्साह, उमंग र निकै चासोका साथ चलेको थियो । उक्त महोत्सवबाट कर्णालीको सम्भावना, अवसर र चुनौतिबारे देशविदेशमा प्रचारप्रसार हुने अपेक्षा गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्