OnlinePana

आज : २०८३ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १८, २०८१
४८७ पटक

१८ फागुन २०८१, आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीलाइ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेले निम्तो दिनुभएको छ ।

मुख्यमन्त्री कँडेलले आज काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर निम्तोपत्र दिनुभएको हो । यही फागुन २३ गते कर्णाली प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्न अनुरोध गर्दै प्रधानमन्त्रीलाई निम्तो पत्र दिईएको मुख्यमन्त्री कँडेलका प्रमुख स्वकीय सूर्यमणि गौतमले जानकारी दिनुभयो ।

यस अघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गरिसक्नु भएको छ । प्रमुख स्वकीय गौतमका अनुसार प्रधानमन्त्रीको उक्त सम्बोधनबाट कर्णालीको पूर्वाधार विकास, राष्ट्रिय गौरवको आयोजना र प्रदेशको जीवनरेखा मानिने कर्णाली र भेरी करिडोर निर्माणमा विशेष सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्