OnlinePana

आज : २०८१ चैत्र २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १८, २०८१
४४ पटक

 

१८ फागुन २०८१, आईतबार

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वका लागि काँग्रेस–एमालेबीच गठबन्धन भएको बताउनुभएको छ ।

प्रेस युनियन सुर्खेतद्वारा आज सुर्खेत विमानस्थलमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले मुलुकको विकास र जनताको चाहना अनुसार दुई ठूला दलबीचको गठबन्धन सरकार बनेको बताउनुभयो । उहाँका अनुसार अहिले देखिएका समस्या समाधान तथा जनताले चाहेका अपेक्षा पुरा गर्न यो सरकार अगाडि बढिरहेको छ ।

उहाँले भन्नुभयो, “विसं.२०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी गरिसकेपछि स्थानीय, प्रदेश र संघको सबै निर्वाचन सम्पन्न भयो । यद्यपि राजनीतिक स्थायित्व हुन नसक्दा विकासका अपेक्षित काम कोही सरकारबाट हुन सकेनन् । परिणामतः मुलुकका दुई ठूला दलबीचको गठबन्धनको सरकार बन्यो ।”

काँग्रेस एमालेबीचको समीकरणमा नयाँ सरकार बनेपनि पहिलेकै सरकारले ल्याएको बजेटमा काम गर्नुपरेको बताउँदै मन्त्री सिंहले मन्त्रालयगत कार्यसम्पादनको पनि मूल्याङकन भइरहेको र लक्ष्य अनुसार काम गर्न सरकार निरन्तर अगाडि बढेको जनाउनुभयो । अध्यादेश बलमिचाईबाट आएको नभई नेपालको संविधानले व्यवस्था गरे बमोजिम सदन नचलेको बेला सरकारको कामकाज गर्न ल्याइएको र यो अभ्यास यस अघिका सरकारहरुले पनि गरेको उहाँले जिकिर गर्नुभयो ।

उहाँका अनुसार आर्थिक अनुशासन कायम गर्ने ध्येयका साथ आयोजनाहरु अगाडि बढाउनेतर्फ सरकार लागिरहेको छ । १५औं महाधिवेशन सभापतिको को उठ्छ भन्ने पत्रकारहरुको प्रश्नमा समय आएपछि त्यो थाहा हुने प्रतिक्रिया दिँदै पार्टीको विधान, नीति र कार्यविधि अनुसार महाधिवेशन हुन्छ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तीक्त संवादपछि भंग वार्ताका विषयमा सरकारको आधिकारिक धारणा आउने उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्