

जुम्ला,फागुन ९ गते । जुम्लामा शिक्षा ऐन जारी गर्न भन्दै ध्यानाकर्षण गरिएको छ । नेपाल शिक्षक महासंघ जुम्लाले शिक्षा विकास तथा समन्वय इकाई जुम्लामा ध्यानाकर्षण गरेर दवाव गरिएको छ ।
शिक्षक महासंघ जुम्लाको नेतृत्वमा शिक्षा विकास तथा समन्वय इकाईमा नारा सहित ध्यानाकर्षण समेत गरेको हो । नेपाल शिक्षक महासंघ तथा शिक्षक संगसंगठनहरुले लामो समय देखी शिक्षा ऐन वन्न नसकेकाले अगाडि बढाउन ध्यानाकर्षण गरिएको छ ।
नेपाल शिक्षक महासंघ महासंघका जुम्ला अध्यक्ष हर्कबहादुर महतका अनुसार सरकारलाई शिक्षकहरुले विभिन्न समयमा गरेका आन्दोलनबाट भएको सहमतिलाई कार्यान्वयन गरि पारित गर्न विरोध सभा गरेर ध्यानाकर्षण गरिएको जानकारी दिनुभयो । उहाँले २०७५, २०७८, २०८० का सम्झौता लागु गर्ने बिषयमा ध्यानाकर्षण भएको बताउनुभयो ।
सभामा एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाका अध्यक्ष जयशंकर धितालले शिक्षकका लागि संघीयता नआएको बताउनुभयो । उहाँले वि.सं २०२८ सालपछि शिक्षा ऐन नआएको हुदा संशोधन सहित ल्याउन आवश्यक छ । उहाँका अनुसार सभामा महासंघ सहित विभिन्न संगठनका प्रमुखहरुले धारण सहित ध्यानाकर्षण गराएका छन् । यसैगरी ध्यानाकर्षण पत्र समेत वुझाएको छ ।