OnlinePana

आज : २०८१ फागुन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ८, २०८१सुर्खेत
१८ पटक

 

८ फागुन २०८१, बिहीबार

ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयका केन्द्रीय उपाध्यक्ष तथा क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख राजयोगिनी ब्रम्हाकुमारी दुर्गाले जीवनको खुशी नै मानवका लागि सबैभन्दा ठूलो खुशी भएको बताउनुभएको छ ।

प्रजापिता ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतद्वारा आज आयोजित पत्रकारहरुका लागि आध्यात्मिकता र सकरात्मक चिन्तन, उत्प्रेरणा र स्नेहमिलन कार्यक्रममा बोल्दै ब्रम्हाकुमारी दुर्गाले खुशी खोजिरहेको मानव सबैभन्दा दुःखी हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “मूल दुःख भनेकै आफूलाई अरुसँग तुलना र अरुबाट चासो चिन्ता गर्नुभयो । यसबाट आफूलाई मुक्त गर्नुहोस् ।”

विज्ञानले जति सुखसयल र सुविधा दिएको त्यति विनास गर्दै गएको भन्दै ब्रम्हाकुमारी दुर्गाले प्रकृतिको नियम तोड्न नहुने धारणा व्यक्त गर्नुभयो । अरुले के गर्यो भन्ने बारे नभई आफूले के गर्ने भन्नेतर्फ सोच्नुपर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, “परचिन्तन पतनकोे सुरुआत, स्वचिन्तन आत्मोन्नतिको जड हो । तसर्थ अब आत्मअध्ययन तथा स्वचिन्तन गरी संसारिक बोझबाट मुक्ति हुन र मानवरुपी मेसिनलाई अन्तरमनबाट सशक्त बनाउन आफूलाई चार्ज गर्न नभुल्नुहोस् ।”

ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयका केन्द्रीय उपाध्यक्ष तथा क्षेत्रीय कार्यालय नेपालगञ्जका उपप्रमुख ब्रम्हाकुमारी मुनाले साेच र चिन्तन अनुसारकाे कर्म हुने भएकाेले असल साेच राख्न अनुराेध गर्नुभयाे । उहाँले भन्नुभयाे, “जीवनलाई स्वस्थ र शान्त बनाउनु छ भने अध्यात्म, ज्ञान, चिन्तन र याेगध्यान गर्न आवश्यक छ । स्वयंलाई चार्ज गर्न धार लगाउन सकियाे भने याे संसारमा राम्राेसँग पाैडी खेल्न सकिने उहाँकाे भनाई थियाे ।

ब्रम्हाकुमारी आरतीले वर्तमान समयको आवश्यकता भनेकै आध्यात्मिकता भएको दावी गर्नुभयो । पत्रकारिताले समाजसँग सम्बन्ध जोड्ने भएकोले सत्य तथ्य खोज र पारदर्शिता आवश्यक भएझै हाम्रो जीवन जिउने कलामा पनि पारदर्शिता अँझ बढी अपरिहार्यता भएको उहाँले औंल्याउनुभयो । ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय एव‌ राजयाेग प्रशिक्षण केन्द्र नेपाल प्रधान कार्यालय वीरेन्द्रनगर सुर्खेतका प्रमुख ब्रम्हाकुमारी बिष्णुले पत्रकार सञ्चारकर्मीहरुलाई स्वागत गर्नुभयाे ।

कार्यक्रममा ब्रम्हाकुमार कृष्णबहादुर रानाभाटले पत्रकारकाे दैनिकीसँग सम्बन्धित कविता वाचनले त्यहाँ उपस्थित सबैलाई मन्त्रमुग्ध र आनन्दित तुल्यायाे । सबै पत्रकारहरुकाे नाम उच्चारण, उनीहरुले दैनिक रुपमा गर्नुपर्ने काम, भाेग्नुपरेका समस्या एवं खेप्नुपरेकाे चुनाैतिलाई उहाँले कवितात्मक शैलीमा मधुरवाणीका साथ गरेकाे प्रस्तुति निकै यथार्थपरक र वस्तुवादी थियाे जसले स्नेह र आनन्द दुवै प्रदान गर्याे ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका महासचिव खगेन्द्र प्रसाद भट्टराई, महासंघ सुर्खेत अध्यक्ष सुशीलराज शर्मा र मधुवन बिसी, राष्ट्रिय समाचार समितिका कर्णाली प्रदेश प्रमुख सुरजकुमार सिंह र राष्टिय दलित पत्रकार संघका केन्द्रीय सदस्य मालती विश्वकर्मा लगायतले अध्यात्म र सकरात्म साेचसम्बन्धीकाे उत्प्रेरणामूलक स्नेह मिलन कार्यक्रमले उर्जा र शान्ति दुवैकाे मिलेकाे भन्दै आफ्ना धारणासहितकाे भनाई राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्