OnlinePana

आज : २०८१ फागुन ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ५, २०८१सुर्खेत
२३ पटक

कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ उद्घाटन

५ फागुन २०८१, सोमबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा तीन दिनसम्म सञ्चालन हुने कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ उद्घाटन गरिएको छ ।

उक्त कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले गर्नुभएको हो । कर्णालीको समग्र क्षेत्रको पहिचान दिने र संभावना केलाउने मञ्चका रुपमा लिईएको उत्सव छैटौं संस्करणको आयोजना ऋति फाउण्डेसनले गरेको हो । कार्यक्रममा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री गमता विकले स्वागत मन्तव्य व्यक्त गर्दै विचार र छलफलको उत्सवका रुपमा सञ्चालन हुँदै आएको कार्यक्रमले कर्णालीलाई नेपाल तथा विश्वमा चिनाउन सहयोग पुर्याएको बताउनुभयो ।

उक्त कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारीले छैटौं संस्करणसम्म आईपुग्दा भएका गतिविधि र त्यसको उपलब्धिका बारेमा संक्षिप्त भनाई राख्नुभएको थियो । त्यसैगरी वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले वैदेशिक रोजगारी र सुरक्षित आप्रावासनका बारेमा र कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले नीति उत्सवको औचित्यका बारेमा आफ्नो भनाई राख्नुभयो ।

उत्सवको पहिलो दिन आज राजनीतिक चिन्तक विश्वभक्त दुलाल (आहुती)ले मान्ठ र मइडोको बारेमा विद्वत प्रवचन दिनुभएको छ । कार्यक्रममा एक हजार तीन सयको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्