![](https://corepati.com/wp-content/uploads/2021/06/830-X-100.jpg)
![](https://corepati.com/wp-content/uploads/2025/02/photo-kash-735x600.jpg)
जुम्ला, फागुन २ गते । जुम्ला तातोपानी गाउँपालिका ४ की भगवति कामीलाई मुटु दुखेर हैरान बनाउथ्यो, उकालोमा हिड्न निकै कठिन, विद्यालयमा पढ्न पनि असजिलो, खान कम खाने समस्या थियो । उहाँलाई अभिभावकले अस्पतालमा पुर्याएर जाँच गरेपछि मुटु रोगको समस्या रहेछ । त्यसपछि उपचार गरेर अहिले सञ्चो भएको छ । भगवतिका काका हिम्मत कामीले डाक्टरले जाँच गरेपछि काठमाण्डौ गंगलाल हृदयरोग केन्द्रमा गएर निशुल्क उपचार भएको जानकारी दिनुभयो । भगवतिलाई परिवारले २०८० भदौमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुर्याएर परिवारलाई यातायात खर्च समेत दिएर काठमाडौं पठाईएको थियो । अहिले भगवतिलाई सन्चो भएर यस बर्ष एसर्ईइ दिने तयारीमा छन् ।
जुम्ला गुठिचौर गाउँपालिका वडा नम्बर १ निवासी ११ बर्षका वालक महादेव ऐडिलाई पनि छाति दुख्ने, खाना नरुच्ने, उकालोमा हिड्न कठिन समस्या भयो । उहाँकालाई जाँचका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्वास्थ्य जाँच हुदा मुटुको समस्या देखिएको छ । प्रतिष्ठानको वालरोग विशेषज्ञ टोलीले रोग पत्ता लगाएपछि काठमाडौं रिफर गरेको छ । एक जना दाताले अमेरिकाबाट सहयोग गर्नुभएको कोषबाट रु ३० हजार यातायात खर्चका लागि काठमाडौं गंगलाल हृदयरोग केन्द्रमा उपचारका लागि पठाईएको अस्पतालले जनाएको छ । मुटुरोग समस्याबाट ग्रसित बालक महादेवको हजुर आमा बिषा ऐडिले अहिले औषधी खुवाईरहेका र डाक्टरको सल्लाहमा काठमाडौं जाने तयारी भईरहेको जानकारी दिनुभयो ।
अहिले भगवति र महादेव जस्तै दर्जन बढि वालवालिकाको निशुल्क उपचार तथा परामर्श भईहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको चिकित्सक टिमको सहकार्यमा प्रतिष्ठानमा जाँच गरेर काठमाण्डौ समेतमा पुगेर निशुल्क उपचार भईरहेको छ । कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा एक विदेशमा काम गर्ने नेपाली दाताले गरेको सहयोगमा अस्पताल भित्र कर्णाली वालविकास कोष स्थापना गरि उनिहरुको उपचार भईरहेको छ । प्रतिष्ठानका वालरोग विशेषज्ञ कमलथानीका अनुसार मुटुका समस्या भएका वालवालिकालाई काठमाण्डौ समेत निशुल्क उपचार तथा यातायातका लागि सहयोग भईरहेको जानकारी दिनुभयो । उहाँले मुटुरोगका सहित प्रतिष्ठानमा आउने विभिन्न रोगका झण्डै २५ जना वालवालिकाहरुको चेकजाँच गरि औषधिउपचार, खाना, वासका लागि सहयोग भएकोमा जोड दिनुभयो ।
उहाँले अहिले बालबालिकामा मुटुरोगको पहिचान गर्न सकिने र उपचार निशुल्क हुने गरेकाले त्यस्ता बालबालिका भएमा सम्पर्कमा ल्याउन अनुरोध गर्नुभयो । रोग पहिचान भएपछि आर्थिक स्थिति सम्पन्न हुने महानुभावहरुले केही खर्च समेत गर्दै आएका बताउनुभयो । चिकित्सकका अनुसार मुटुको रोगको समस्या भएका वालवालिकामा उकालोमा हिडडुल गर्न कठिन, ओठमुख निलो, सानो बच्चाको शरिरबाट बढि पसिना आउने जस्ता लक्ष्यण चिन्ह हुन्छन । अस्पतालको सम्पर्कमा आएकालाई यहाँ गर्न सकिने उपचार यहाँ गरिन्छ भने जटिल प्रकारका गंगलाल हृदयरोग केन्द्र काठमाण्डौमा पठाई उपचार समेत गरिएको छ । उहाँले १५ बर्ष मुनिका वालवालिकाका लागि सो उपचारका लागि काम भईरहेको जानकारी दिनुभयो । यसैगरी अति विपन्न वालवालिकाको उपचारमा समेत आर्थिक सहयोग गरिदै आएको बताउनुभयो ।
फागुन ७ मा स्क्रिनिङ शिविर :
उहाँका अनुसार मुटु रोगका वालवालिकाहरु पहिचान हुन थालेपछि फागुन ७ गते जुम्लामा मुटुसँग समस्या भएका वालवालिकाको स्क्रिनिङ शिविर समेत हुने भएको छ । विहान चेकजाँच गरिने भएकाले त्यस्ता लक्षण भएका वालवालिकाहरु आएमा ९८४३७३६७१४ मा फोन गरेर सम्पर्क आउन समेत अनुरोध गर्नुभएको छ ।
७ गते विहान देखी मुटुको भिडियो एक्सरे गरिने भएकाले दुर्गमका वालवालिकालाई अवसर समेत भएकोमा जोड दिनुभयो । उहाँका अनुसार नेपाल सरकारले उपचार सेवा निशुल्क भनेपनि काठमाडौं पुग्न यातायात महंगो लाग्ने भएकाले यातायात खर्च अवस्था अनुसार आर्थिक सहयोग भईरहेको छ ।