OnlinePana

आज : २०७९ चैत्र १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ११, २०७७ सुर्खेत
४२४ पटक

सुर्खेत, ११ जेठ २०७७ सोमबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भारतबाट आउने कर्णालीवासीका लागि प्रदेशको प्रवेशद्वार बबईमा गएर खाना र पानी व्यवस्था गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

रोजगारीका लागि भारत गएका कर्णालीका नागरिकहरु विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण भएको लकडाउनले समस्या भएपछि स्वदेश फिता हुन थालेको र उनीहरुप्रवेश गर्ने यहाँको सीमा नाका बबईमा पुगेर खाना र पानी आपूर्ति गर्न उद्योग मन्त्रालयलाई मुख्यमन्त्री शाहीले निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रमुख स्वकीय सचिव सिंहले भन्नुभयो, नागरिकहरुको समस्या समाधानार्थ काम गर्नको लागि उद्योग मन्त्रालयलाई मुख्यमन्त्री शाहीले निर्देशन दिनुभएको छ । पानी र खानेकुराको आपूर्ति मन्त्रालय आफैले गर्नुपर्नेछ ।

उहाँको निर्देशनसँग अब कर्णालीको प्रवेश गेटमा पुग्ने नागरिकलाई खाना र पानीका लागि सहजता हुने भएको छ । शनिबार मात्रै मुख्यमन्त्री शाहीको आग्रहमा कोपिला भ्याली समाजले भारतबाट आएका ११ सय नागरिकहरुलाई खाना र पानीको व्यवस्थापन गरेको थियो । प्रदेश सरकारले यो महामारीमा परेका नागरिकहरुको सहयोगका लागि सरोकारवाला सबैलाई आ.आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस्