OnlinePana

आज : २०८१ माघ २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी ,माघ २२, २०८१जुम्ला,
२४ पटक

माघ २२ गते । जुम्लामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन गरिएको छ । प्रहरी नायव उपरीक्षक क्षेदिलाल कामतिको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो ।

लैङ्गिक हिंसाका घटनाहरु नियन्त्रण गर्नका लागि जिल्लामा सञ्जाल गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको सरोकारवाला निकायको उपस्थितिमा समिति गठन गरेको हो । समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालयको महिला तथा वालवालिकाको महिला, वालवालिका ज्येष्ठ नागरिक सेवा केन्द्र, जिल्ला प्रशासन, पत्रकार महासंघ, नागरिक समाज, उद्योग बाणिज्य संघ,वालक्लब, यस क्षेत्रमा काम गर्ने क्रियाशिल गैरसरकारी संस्था मध्यबाट एक जना सहित विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने गरि समिति गठन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन विधि २०७८ अनुसार समिति गठन गठन गरिएको गठन गरिएको हो । समितिमा प्रमुख जिल्ला अधिकारी सल्लाहकार हुने व्यवस्था रहेको छ । यसैगरी संघीय सरकार, प्रदेस सरकारका प्रतिनिधि, जिल्ला समन्वय समितिका अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय रहेको स्थानको नगरपालिका वा गाउँपालिकाका मेयर तथा अध्यक्षलाई आमन्त्रण गरिने भएको छ ।

यसैगरी लैङ्गिक हिंसाको सवालको बिषयमा प्रस्तुत समेत गरिएको छ । प्रहरी नायव उपरीक्षक कामतिले लैङ्गिक हिंसाको परिभाषा, कारण, प्रकारको बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले जुम्लामा घरेलु हिंसाका घटनाहरुको बिषयमा जानकारी समेत गराउदै आठ वटै तहमा समेत समिति गठन भएको बताउनुभयो ।
क्याप्सन ः जिल्ला प्रहरी कार्यालयमा लैङ्गिक हिंसाको सवालमा अन्तरक्रिया तस्बिर नेत्र शाही, जुम्ला ।

 

प्रतिकृया दिनुहोस्