OnlinePana

आज : २०८१ माघ २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २१, २०८१सुर्खेत
३ पटक

२१ माघ २०८१, सोमबार

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीमा बजेट खर्च प्रतिशत कम भन्ने समाचार नआउने गरी काम गर्न सुझाव दिनुभएको छ ।

कर्णाली प्रदेशसभाको सातौ स्थापना दिवस–२०८१ को अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘मूल समारोह’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले चालु आव.२०८१÷०८२ को बजे खर्च प्रतिशतलाई लक्ष्यबिन्दुमा पुर्याउन प्रदेश सरकारलाईलाई सुझाउनुभएको हो । उहाँले भन्नुभयो, “बजेट खर्च किन हुन सक्दैन । यस विषयमा बेलैमा ध्यान दिउँ र यहाँको विकासमा निम्ति सबै एकजुट हौं ।”

कर्णालीले विकासमा फड्को मार्न नसकेको धारणा व्यक्त गर्दै प्रदेश प्रमुख जोशीले विकास सबैको साझा मुद्दा भएकोले एकतावद्ध भई जाँगरका साथ अगाडि बढ्न सके यसले पाँच वर्षमा आफ्नो नयाँ परिवर्तन देखाउन सक्ने दावी गर्नुभयो । उहाँका अनुसार पेट्रोलको खजना बनिरहेको कर्णालीको विकासमा सबै दल, कर्मचारी र सरोकारवालाहरु दत्तचित्त भएर लाग्नुपर्दछ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कानूनी दायित्व सिर्जना भएका आयोजनामा प्रदेश सरकारले चालु आव.मा ७० प्रतिशत बजेट विनियोजन गरेको बताउनुभयो । बिगतका काममा ढिलाई गरेका निर्माण व्यवसायी केही बाहेक सबै सम्पर्क आएर काम अगाडि बढाएको समेत उहाँले दावी गर्नुभयो । सबै काम गर्न नसकिने भएकोले ठूला आयोजनाहरुको बारेमा संघीय सरकारलाई अनुभूत गराएको प्रदेश सरकारको प्रमुख शर्त भने बजेट कार्यान्वयन नै रहेको उहाँको भनाई थियो ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले नेपाली जनताको त्याग र तपस्याबाट प्राप्त साझा सहमतिको दस्ताबेज संविधान र व्यवस्था कार्यान्वयनका लागि समर्पण र साझा बुझाई आवश्यक भएको बताउनुभयो । समन्वयात्मक प्रणालीको सरकार हुँदा पनि केन्द्रीकृत मानसिकताले प्रदेश सरकार प्रभावित हुँदा अपेक्षित गति नदेखिएको नेता शर्माले उल्लेख गर्नुभयो ।

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ र उपसभामुख यशोदा न्यौपाने प्रदेशसभाका सात वर्षमा भएका गतिविधि, सरकार र सदनबीच सम्बन्ध र उपलब्धिका विषयमा आफ्नो भनाई राख्नुभयो । प्रदेश सकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, उच्च अदालत सुर्खेतका बरिष्ठ न्यायधीश कृष्णलाल भट्टराई, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्याल, राजनीतिक दलका प्रमुखहरु, प्रदेश सचिवहरु सहभागी उक्त कार्यक्रममा प्रदेशसभाको स्मारिका विमोचन गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस्