OnlinePana

आज : २०८३ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १२, २०८१ सुर्खेत
३२८ पटक

१२ माघ २०८१, शनिबार

कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले युवाहरुका लागि कर्णाली अवसरको भूमि भएको बताउनुभएको छ ।

परिवर्तनका लागि युवा संस्थाद्वारा कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा शुक्रबारदेखि आयोजित ‘कर्णाली युवा महोत्सव’को आज समापन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख जोशीले कर्णाली विविध क्षेत्रको खजना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली आफैमा धनी र प्रचुर संभावना भएको प्रदेश हो । यहाँ उत्पादितले वस्तुले विश्व चिनाउने क्षमता राख्दछ ।”

कर्णालीमा आयोजित युवा महोत्सवले मुलुकमै बसेर गर्न सकिने तमाम् संभावनाका क्षेत्रहरु छन् भन्ने आशा र उत्प्रेरणा जगाउन सघाउने बताउनुभयो । प्रदेश प्रमुख जोशीले भन्नुभयो, “युवा देश निर्माणको खम्बा हो । राष्ट्रको मेरुदण्ड र भविश्य दुवै हो ।” पछिल्लो समयमा बढ्दै गएको युवा पलायन रोक्न र उनीहरुको रोजगारीको प्रबन्ध गर्न तर्फ राज्यले विशेष जोड दिनुपर्ने उहाँको भनाई थियो ।

उक्त महोत्सवमा बरिष्ठ पत्रकार दिलभूषण पाठक दुई दशक अगाडि कालापहाडबाट आफ्ने जिन्दगी धान्ने कर्णालीमा अहिले महिलाहरु उद्यमी बनेर जागीर दिने बन्न सक्ने परिवर्तनले कर्णाली कमजोर नरहेको बताउनुभयो । उमेर र अंकले युवा नहुने भन्दै उहाँले सोच र योजनाले युवाको पहिचान दिने जनाउनुभयो ।

पूर्व मिस नेपाल सदिच्छा श्रेष्ठले कर्णाली पर्यटनका हिसाबले निकै महत्वपूर्ण भूमि भएको बताउँदै पर्यटन उद्योगमा सरकार तथा नीजि क्षेत्रले प्राथमिकता दिन सकेमा युवा रोजगारी बढ्ने बताउनुभयो । यद्यपि यसमा युवाहरुले नवीनतम सोचलाई उत्पादनतर्फ जोडेर मुलुकको अर्थतन्त्र वृद्धि गर्नमा सघाउने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्