OnlinePana

आज : २०८३ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १०, २०८१
३२३ पटक

१० माघ २०८१, बिहीबार

दश महिनादेखि नेतृत्वविहीन अवस्था रहेका कर्णाली प्रदेशसभाका तीन संसदीय समितिहरुले पूर्णता पाएका छन् ।

गत वैशाखदेखि नेतृत्वविहीन रहेका सार्वजनिक लेखा, सामाजिक विकास, अर्थ तथा प्राकृतिक स्रोत समिति आजबाट नेतृत्व पाएका छन् । लेखा समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट, अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेकपा एमालेकी दक्षिणा शाही र सामाजिक विकास समितिको सभापतिमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित हुनुभएको छ ।

कार्यबहाक सभामुख यशोदाकुमारी न्यापानेले नवनिर्वाचित समितिका सभापतिहरुलाई आजै पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ । प्रदेश मामिला समितिको सभापतिमा भने एकीकृत समाजवादीका प्रदेशसभा सदस्य कल्याणी खड्का निरन्तर हुनुहुन्छ ।

यसअघि लेखा समितिको सभापतिमा एमालेका जीतबहादुर मल्ल, अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापतिमा दुर्गबहादुर रावत र सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी रहनुभएको थियो । लामो समयसम्म समिति नेतृत्वविहीन हुँदा सरकारका कामकारवाही निगरानी गर्नेदेखि समितिमा गएका विधेयक उपर छलफल हुन सकेको थिएन । अब भने उक्त समस्या टरेको छ ।

प्रतिकृया दिनुहोस्