OnlinePana

आज : २०८१ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १, २०८१सुर्खेत
७ पटक

 १ माघ २०८१, मंगलबार

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रननगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला–२०८१ को आयोजना गरिएको छ ।

‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला नेपाल मौरीपालन कृषक महासंघ कर्णाली प्रदेशको आयोजनामा आजदेखि सुरु भएको हो । माघ ३ गतेसम्म सञ्चालन हुने प्रादेशिक मह मेलाको उद्घाटन कर्णाली सरकरका प्रवक्ता एवं भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रवक्ता शाहले उत्पादनका हिसाबले अत्यन्तै पवित्र मानिने मौरीको मह प्रदर्शनी मेलाले कर्णालीको उत्पादन, मूल्य श्रृङ्खला, महत्व र यसको पहिचान देश विदेशमा पुग्ने बताउनुभयो । उहाँले मह उत्पादक किसानहरुलाई नयाँ–नयाँ प्रविधि, ज्ञान, औजारहरु सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाउनभयो ।

मन्त्री शाहले भन्नुभयो, “जैविक विविधता भएन भने पृथ्वीमा रहेका प्रणालीको अस्तित्व नै मेटिएर जान्छ । यसको संरक्षणमा हामी सबैले ध्यान दिनुपर्दछ । जैविक विविधतालाई जोगाउन सकिएन भने हामीले लगाउने बालीहरुको उत्पादन फरक भएर आउँछ । पछिल्लो समयमा जलवायू परिवर्तनका कारण बाली तथा जीवजन्तुको अस्तित्व खतरामा छ ।” महको बढ्दो उत्पादनले यसको जगेर्नामा सहयोग पुग्ने उहाँको भनाई थियो ।
उहाँका अनुसार पछिल्लो समयमा बिग्रँदै गएको माटोको गुणस्तर बचाउनसमेत मह प्रदर्शनी मेलाले महत्वपूर्ण भूमिका खेल्नेछ ।

नेपाल मौरीपालन कृषक महासंघ कर्णाली प्रदेशका अध्यक्ष लिलाराम ढकालले मेलामा ३२ वटा स्टलहरु राखिएको बताउनुभयो । ती स्टलहरुमा कर्णाली प्रदेशका १० जिल्लामा उत्पादन गरिएको मह, अर्गानिक खाद्य, पोषण कर्नर, अर्गानिक तरकारी, महको गुणस्तर चेकजाँच मेसिन, मौरीका घारहरु, मह निकाल्ने प्रविधि, खाद्य केराको रेसबाट बनेका म्याटलगायतका सामग्रीहरु प्रदर्शनमा राखिएको उहाँले बताउनुभयो

 

प्रतिकृया दिनुहोस्