OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २६, २०८१सुर्खेत
८ पटक

२६ पुस २०८१, शुक्रबार

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले कर्णाली समृद्धिको आधार पर्यटन भएको बताउनुभएको छ ।

भिजिट कर्णाली रिसर्ट प्रालि.सुर्खेतद्वारा आज वीरेन्द्रगनरमा आयोजित शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अधिकारीले नीजि क्षेत्रले थालेका कामले कर्णालीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी स्वयं समृद्ध कर्णाली निर्माणमा लागि परेका छौं । यसमा नीजि क्षेत्रको पनि त्यत्तिकै योगदान रहँदै आएको छ ।”

नाराले मात्र कर्णाली बन्न नसक्ने जनाउँदै मन्त्री अधिकारीले नीजि क्षेत्रविना सरकार सफल हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगरलाई पर्यटकीय हबका रुपमा विकासमा नीजि क्षेत्रले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभएका उहाँले नीजि क्षेत्रको विकास र प्रवद्र्धनमा सरकार सहयोग गर्न तयार रहेको विश्वास दिलाउनुभयो । बसपार्कमा यात्रुहरुलाई दिइने सास्तीका बारेमा गम्भीर हुन सुझाउँदै उहाँले यसको सकरात्मक सन्देश बाहिरसम्म प्रवाह गर्न अनुरोध गर्नुभयो ।

कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व उद्योगमन्त्री कृष्णकुमार बिसीले पर्यटन उद्योग फस्टाउन सके यहाँको अर्थतन्त्र बलियो बन्न सहयोग पुग्ने बताउनुभयो । उहाँले कर्णालीमा सबै खाले पर्यटकीय संभावना भएकोले ठूला होटल, बाटोघाटोको विकास र आउने पर्यटकहरुलाई बस्ने दिन लम्ब्याउने खालका कार्यक्रम आवश्यक रहेको औंल्याउनुभयो ।

उद्योग बाणिज्य सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले नीजि क्षेत्रको विकास र विस्तारले मात्र सरकारले राखेको लक्ष्य र निर्माण गरेको योजना पुरा हुने तर्क गर्नुभयो । सरकारले लगानी गर्ने वातावरण निर्माण गर्न सके कर्णालीमा लगानीकर्ता भित्रिने उहाँको भनाई थियो । यसका लागि भने सबै सरोकारवालाहरुको भूमिका त्यत्तिकै आवश्यक रहेको अध्यक्ष कँडेलले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्