OnlinePana

आज : २०८१ पौष २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २५, २०८१सुर्खेत
५ पटक

२५ पुस २०८१, बिहीबार

कर्णाली प्रदेश सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सबै पालिकाबाट परम्परागत सीप परीक्षण गर्ने तयारी भएको बताउनुभएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा समाज जागरण केन्द्र नेपाल सुर्खेतको समन्वयमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यता प्रारुपलाई स्थानीयकरण गर्न प्रदेश तथा स्थानीय तहको क्षमता विकास कार्यशाला’को उद्घाटन कार्यक्रममा बोल्दै उहाँले परम्परागत सीप तथा अभ्यासको परीक्षण हुन आवश्यक भएको बताउनुभएको हो ।

मन्त्री भण्डारीले भन्नुभयो, “कार्यशालाअन्तरगत सुर्खेतको सिम्ता गाउँपालिका र कालीकोटको खाँडाचक्र नगरपालिकामा अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यता प्रारुपलाई स्थानीयकरण गर्न नमूना परियोजनाको रुपमा कार्य भईरहेको छ । त्यसबमोजिम हुने कार्यक्रमहरुले सीप प्रमाणीकरणमा टेवा पुग्ने विश्वास गर्न सकिन्छ ।”

पुराना वास्तुकला, गहना, मूर्तिकला, काष्ठकलालगायतका पराम्परागत एवं रैथाने सीपहरु आजपनि समाजमा कायम रहेको बताउदै यसलाई औपचारिक प्रमाणीकरण गर्न गरिएको अभियानलाई स्थानीयकरण गरिनुपर्नेमा उहाँको जोड थियो । उहाँका अनुसार स्थानीय तहमा रहेको सामाजिक विकास इकाइ, उद्यमशिलता र रोजगारी शाखाबीचको समन्वयबाट पहिलो, दोस्रो र तेस्रो तहको प्रमाणीकरण गरी जुनसुकै निकायमा पेश गर्न सकिने योग्य रहेकोले क्षमता विकास, अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यताको प्रारुपलाई यसबाट सहयोग पुग्ने मन्त्री भण्डारीको भनाई थियो ।

प्रतिकृया दिनुहोस्