OnlinePana

आज : २०८२ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष १४, २०८१
१०९ पटक

१४ पुस २०८१, आइतबार

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले कृषि उपजको उत्पादन बढाएर बजारीकरणमा सरकारले सघाउने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘कृषि वस्तुहरुको उत्पादन तथा बजारीकरणमा भएका चुनौती र अवसरसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री शाहले कर्णाली उत्पादित अर्गानिक कृषि उपज बजारको माग अनुसार पूर्ति हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो कृषि उत्पादन कम छ । यसमा वृद्धि गर्नुपर्छ बजारीकरणमा कुनै समस्या छैन । उत्पादनको ढाँचा परिवर्तन गर्नुपर्दछ ।”

मन्त्री शाहले बिगतका दिनदेखि नै अनुदानको दुरुपयोग भएको प्रश्नहरु उठ्ने गरेको बताउँदै अनुदानलाई आगामी दिनमा पारदर्शिताका लागि कुनै व्यक्ति वा निजी फर्म तथा संघ–संस्थालाई बजेट विनियोजन नगरी सबैलाई प्रतिस्पर्धामा आउनका सूचना जारी गरेर मात्रै मन्त्रालयले काम गर्दै आएको प्रष्ट्याउनुभयो ।

कर्णाली सरकारले वास्तविक किसानहरुको पहिचान गरेर मात्रै काम अगाडि बढाएको बताउँदै सरकारले बनाएका नीति, नियम तथा कानूनहरु कर्मचारीहरुसँगै आम नागरिकले सहि ढंगले पालना गरेको खण्डमा सकारात्मक नतिजा आउने उहाँले जनाउनुभयो । उहाँका अनुसार निजी क्षेत्रको विकासलाई प्रवद्र्धन गर्न सरकारले आवश्यक सहयोग गर्नेछ ।

प्रतिकृया दिनुहोस्