जेठ १० गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । साविक कणालीका पाँच जिल्ला मध्य जुम्ला सहित मुगु, हुम्ला र कालिकोटबाट विभिन्न मितिमा संकलन गरेर पिसिआर परीक्षण गरिएका दुईहजार ७६० व्यक्तिको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।
प्रतिष्ठान जुम्लाका शिक्षाध्यक्ष डा. निरेश थापाका अनुसार प्रतिष्ठानमा शुक्रबारसम्म संकलन भएका सवै स्वाबको पिसीआर परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रतिष्ठानको दैनिक प्रकाशन गर्ने पिसिआर रिपोर्ट प्रतिवेदनमा हाल सम्म जुम्लामा परीक्षण गरिएको दुई हजार सात सय ६० जानको स्वाब नेगेटिभ आएको छ । जसमा जुम्ला सहित कर्णाली प्रतिष्ठानका कर्मचारी, जनस्वास्थ्य सेवा कार्यालयका कर्मचारी तथा स्वास्थ्यकर्मीहरु, पत्रकारहरु नेपाली सेना, सुरक्षा निकाय गरी जुम्लाका १२९१ जना, कालिकोटका ७१५ हुम्लाका ४०८ र मुगुका ३४६ जनाको जुम्लामै पिसिआर परीक्षण गरि नतिजा नेगेटिभ आएको छ ।
यसैगरी जुम्लामा पिसिआर मेशिन नआउदै भारत र तेस्रो मुलुकबाट आएका ३२४ जनाको हेलिकोप्टर मार्फट स्वाब संकलन गरेर काठमाण्डौ लिई जाँच गरेर नेगेटिभ आएको थियो ।
पछिल्लो समय पनि कर्णाली प्रदेश सरकारले हेलिकोप्टर मार्फत कर्णालीका यातायातको पहुँच नपुगेका जिल्लाहरुमा स्वास्थ्यकर्मी पठाई स्वाब संकलन गरिएको थियो । गत वैशाख २८ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल जुम्ला पुगेर कर्णाली प्रतिष्ठानमा पुगेर स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिई जिल्ला जिल्ला खटाईएको थियो । जिल्ला जिल्लामा स्टेशन बनाएर ल्याईएका स्वाब परीक्षण गरी नतिजा नेगेटिभ आएको हो ।
यसैगरी जुम्लाको हिमा गाउँपालिका ३ ओदी गाउँका एक यूवाको मृत्यू कोरोनाबाट भएको आशंका भएपछि उनि सहित चार जना परिवारको स्वाब संकलन गरेर ल्याई परीक्षण् गरिएको थियो । सो प्रतिवेदन पनि नेगेटिभ आएको प्रतिष्ठानले जानकारी गरेको छ ।
यसैगरी आरडिटी पोजेटिभ देखिएका हुम्ला नाम्खाका दुई र मुगु खत्याड गाउँपालिकाका एक जनाको पिसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको पनि प्रतिष्ठानले जनाएको छ ।
नेत्र शाही जेठ १०, २०७७जुम्ला,
९६३ पटक
- जुम्ली फुटबल खेलाडीलाई मार्सी ब्वाईज फुटसल टोलीको स्वागत
- दुर्गममा हवाई सेवा दिने कम्पनीलाई प्रदेश सरकारको पूर्ण सहयोग हुन्छः मन्त्री अधिकारी
- नलगाडमा माओवादीका लामिछाने उपमेयरमा विजयी : जनयुद्ध, पत्रकारिता हुँदै नलगाडको उपमेयर
- अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक हेयको दृष्टिकोण बदल्नुपर्छः मुख्यमन्त्री कँडेल
- दैलेखको दुल्लु १३ मा एमालेका शाही विजयी
- मानवीय व्यवहारले मात्र हिंसाजन्य घटना कम गर्न सकिन्छः मन्त्री भण्डारी
- अधिकार भन्दा पूर्वाधार विकासमा लगानी गर्न साझेदार निकायलाई मुख्यमन्त्रीको सुझाव
- कर्णालीमा सञ्चालित खानेपानीका योजनामा बजेट अभावमा हुन दिन्न: मन्त्री यादव
- ३३ औ अपाङ्गता दिवसमा कानून र प्रयोगको अन्तरक्रिया
- तिलागुफा ४ को वडाध्यक्षमा नेमकिपाका शाही विजयी