पुस १३ गते । कामको सिलसिलामा भारतमा गएका जुम्ला चन्दननाथ नगरपालिका ७ मिचा गाउँका १३ जना नागरिक उद्धार गरि नेपाल तिर पठाईएको छ ।
सामाजिक सञ्जालमा भारतमा अलपत्र भएको भिडियो सार्वजनिक भएपछि जुम्लाका सांसद छिरिङ ल्हामु लामा तामाङ लामाले रु ८० हजार नगद रकम पठाएर गाडिबाट घर फर्किने वातावरण भएको छ । सांसद लामाका अनुसार निर्माण व्यवसायीले काम दिने भनेर भारतमा लिएका रहेछन तर उनि भागेपछि १३ जना नागरिक अलपत्र भएको खबर भयो, खानपिन र नेपाल फर्किन घर सम्मका लागि रकमनै पठाएर भारतबाट नेपाल फर्किन थालेका जानकारी दिनुभयो ।
उहाँका अनुसार एक निर्माण व्यवसायीले दार्जलिङ काममा लगाउने भन्दै लिएको तर उनिहरुलाई अरुणञ्चल करिब चिनको सिमामा लिएर अलपत्र छोडेपछि उद्दारका लागि अपिल गरिरहेका थिए । आज उनिहरु त्यहाँबाट नेपाल फर्किएका छन् ।
स्थानीय रामचन्द्र नेपालीका नेपालीका अनुसार चन्दननाथ ७ मिचा गाउँका कलिमान सार्की, हरि कामी, दत्त सार्की, रत्न सार्की, रमेश सार्की सहितका एक दर्जन व्यक्तिहरु नेपालगञ्जबाट एक जना व्यक्तिले काम गर्न भनेर त्यहाँ लिएको र अलपत्र परेका थिए । सांसद लामा सँग कुरा भएपछि रु ८० हजार सहयोग भएर नेपाल आउदै गरेको र घटनाको बृस्तृत जानकारी समेत लिन प्रयास गरिरहेको जानकारी दिनुभयो । उहाँहरु भेलि मात्रै काकडभिट्टा आई पुग्ने छन् ।
अलपत्र नागरिकलाई उद्दार गरेको भन्दैे स्थानीय र आफन्तले खुशी व्यक्त गरेका छन् । उनिहरुले नगद पैसानै दिएर सहयोग गर्ने सांसद लामालाई धन्यवाद गरिरहेका छन् । सांसद लामाले मध्यरात सम्पर्क गरेर टोलीलाई नेपाल फर्कन व्यवस्था गर्नुभएकोमा आपन्तले धन्यवाद दिएका छन् । त्यो टोलीको साथमा जुम्लाका महेश जंग शाहीले सहजीकरण गरेर नेपाल फर्किन साथ दिएका छन् । उनका अनुसार उनिहरुलाई नेपाल आउनका लागि सांसद लामाले रु ८० हजार सहयोग गरेपछि मिचाका शैलेन्द्र केसीले रु ४५ हजार र कर्साङ ठकुरीबाट रु १६ हजार नेपाल आउनलाई सहयोग भएको छ ।