OnlinePana

आज : २०८१ माघ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
अमृत बुढाथोकी मगर, पौष ३, २०८१पुस ३ जुम्ला ।
२५९ पटक

अमृत बुढाथोकी मगर,

पुस ३ जुम्ला । प्रेस सेन्टर जुम्लाको अध्यक्षमा दिलमाया शाही चयन हुनु भएको छ । प्रेस सेन्टर नेपालको जिल्ला अधिवेशनबाट पत्रकार दिलमाया शाहीलाई सर्वसम्मत चयन गरिएको हो ।

वुधवार जिल्लामा सम्पन्न भेलाले उपाध्यक्ष उमेश बुढा, उपाध्यक्षमा अनिता बुढा, सचिवमा गोल्डेन बुढा, सहसचिवमा उमेश परियार, सहसचिव राम प्रकाश वि.क., कोषाध्यक्षमा अमृत बुढाथोकीमगर चयन हुनुभएको छ । प्रेस सेन्टरको जिल्ला अधिवेशमा सदस्यहरुमा रमिला महत, गिता शाही, विजकली महतारा र निराजन गौतमलाई सदस्यमा चयन गरिएको हो ।

ने.क.पा (माओवादी केन्द्र) जुम्लाका संयोजक नवराज न्यौपाने, नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य चन्द्रविर तिरुवा सहित, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव शुरज कुमार सिंह, केन्द्रीय सदस्य नेत्रबहादुर शाही, प्रदेश सचिव उपेन्द्र न्यौपाने सहित प्रेस सेन्टरका पदाधिकारी, जनबर्गिय संगठनका प्रमुखहरु, जिल्ला सदस्य र साधाराण सदस्यको उपस्थिति रहेको थियो ।

जुम्लाको होटल स्टारमा सम्पन्न अधिवेशनको उद्घाटन कार्यक्रममा जिल्ला संयोजक नवराज न्यौपानेले प्रेस सेन्टर जनताको पक्षमा अझ क्रान्तिकारी भएर अगाडि बढ्न सुझाव दिनुभयो । उहाँले नेपाल पत्रकार महासंघ शाखा जुम्लाको निर्वाचनमा भएको क्षेतिले सोच्न वाध्य बनाएकोमा जोड दिनुभयो ।
प्रेस सेन्टर नेपाल केन्द्रीय समितिका सचिव शुरबहादुर सिंहले पद ठूलो नभई सत्य पत्रकारिता, विचार ठूलो भएकाले संगठन एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले अव प्रेस सेन्टरका कलम तिखो भएर अगाडि बढाउन अनुरोध गर्नुभयो ।

प्रेस सेन्टरका नवनिर्वाचित जिल्लाध्यक्ष दिलमाया शाहीले संगठनलाई मर्न नदिनका लागि बिषम परिस्थितिमा सर्वसम्मत नेतृत्व दिने संगठनका सवै साथीहरुलाई धन्यवाद दिदै गलत, वेतिथिका विरुद्ध आफ्नो कलम सधै चलिरहने बताउनुभयो । उहाँले काम गर्ने सिलसिलामा सवैको सहयोग आवक्श्यक रहेकोमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्