OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १०, २०७७जुम्ला,
६०५ पटक

जेठ १० गते । कोभिड १९ ले ( कोरोना भाईरसले ) परीक्षा अन्यौल भएकाले कक्षा १० र ११ को परीक्षा मूल्यांकनको आधारमा टुङ्ग्याउन शिक्षक अगुवाहरु देखी सरोकारवाला निकायहरुले सुझाब दिएका छन् ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको आयोजनामा गरिएको भर्चुअल अन्तरिक्रयामा शिक्षक अगुवाहरु, सांसदहरु र शिक्षा सँग सरोकार राख्ने सरोकारवलाहरुले सो कुरामा जोड दिएका हुन् ।
वर्तमान नेपालका शैक्षिक मुद्दा र बजेट ब्यवस्थापन बिषयमा गरिएको सो अन्तरक्रियामा सहभागी नेतृत्व र सरोकारवाला व्यक्तिहरुविचमा सो कुरा उठेको छ ।
अन्तरक्रियामा आर्थिक बर्ष २०७७।७८ को बजेटमा शिक्षामा कुल बजेटको २० प्रतिशत भन्दा वढी बजेट बिनियोजन गर्नुपर्ने, बालबिकास शिक्षक र बिद्यालय कर्मचारीका दरवन्दी तथा तलब भत्ताको ब्यवस्था, साबिक उच्च माध्यामिक विद्यालय र राहत तथा करार शिक्षकहरुको उमेरको हद नलाग्ने गरि आन्तरिक तथा खुला प्रतिस्पर्धाको आधारमा स्थायी गरिनुपर्ने, संस्थागत बिद्यालय शिक्षक कर्मचारी तथा सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको सामाजिक सुरक्षा कोषको ब्यवस्था, द्वन्द्वपीडित शिक्षकको पुनरबहाली, शिक्षकहरु अस्थायी सेवा अवधि गणना, समयवद्द बढुवा, शिक्षकहरुको मर्यादा, शिक्षक अस्पताल को ब्यवस्था , शिक्षक बिमा, शिक्षालाई प्रबिधि मैत्री बनाउन सरकारले समेटनुपर्ने बिषयमा जोड दिईएको छ ।
यसैगरी लकडाउनको कारण अवरुद्ध पढाईलाई अनलाईन तथा अफलाईन प्रबिधिको प्रयोग मार्फत तत्काल संचालन गर्न दवाव दिने, संघीय शिक्षा ऐन तत्काल जारी गर्न, संविधानमा ब्यवस्था भएको निशुल्क तथा अनिवार्य शिक्षाको ब्यवस्थालाई तत्काल कार्यान्वयन गर्न दवाव दिने समेत बिषयको वहश भएको छ । यसैगरी शिक्षालाई प्रबिधिमैत्री बनाउन र बिद्यालयको अवरुद्घ पढाईलाई विभिन्न अनलाईन माध्यामबाट संचालन गर्न फ्री ईन्टरनेट गरिनुपर्नेमा जोड गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा वक्ताहरु राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्मा, प्रतिनिधि सभा सांसदहरु देवेन्द्र पौडेल, सुरेन्द्रकुमार कार्की , सूर्य पाठक, शिक्षा बिद्धहरु प्रा. डा. मन प्रसाद वाग्ले , डा हरि पसाद लम्साल, अर्थ बिश्लेषक श्री हरि रोका, नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष श्री बावुराम थापा सहभागी हुनु भएको थियो भने कार्यक्रमको अध्यक्षतामा एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले गर्नुभएको थियो ।
छलफलमा शिक्षा नाफा मुलक नभई सेवा मुलक भएको बताउनुभयो । राजनितिक तथा अर्थ विश्लेषक हरि रोकाले कोरोनाले लाखौ विद्यार्थीको भविश्य अन्यौलमा परेकाले बिकल्प खोज्नुपर्ने बताउनुभयो । सांसद सुरेन्द्र पाठकले शिक्षा र स्वास्थ्यको ठोस निति ल्याएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्