OnlinePana

आज : २०८१ पौष ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २, २०८१सुर्खेत
२५ पटक

 

 २ पुस २०८१, बुधबार

कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री रोजगार कार्यक्रम बाँडफाँड गरी कार्यान्वयनका लागि स्थानीय तहमा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका स्थानीय तहमा संचालन हुने मुख्यमन्त्री रोजगार कार्यक्रम संचालनका लागि अख्तियारी प्रदान गरेको हो ।
त्यसैगरी, बैठकले बड्डीचौर–बिउरेनी–बावियाचौर–विद्यापुर सडकखण्ड (१३.१) किलोमिटर सडकलाई राष्ट्रिय प्राथमिकताको आयोजनामा समावेश गर्ने, कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ संशोधन गर्ने र परियोजना सम्झौता गर्नका लागि सहमति प्रदान गर्ने सम्बन्धमा निर्णय गरेको छ ।

यस्तै सहयोगापेक्षी मानव संरक्षण तथा व्यवस्थापन कार्यविधि र अपाङ्गता प्रदेश निर्देशन समिति गठन तथा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । बैठकले अपाङ्गता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम संघ प्रदेश र स्थानीय तह सञ्चालन निर्देशिका स्वीकृत गरेको छ ।

प्रतिकृया दिनुहोस्